अमेरिकाबाट आयो ‘परदेशीको तिहार’ (भिडियो सहित)


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

“वषन्तले कोल्टे फेर्यो सम्झनामा बाकि रह्यो
चोखो मिठो बाला पन छुट्यो आज कहा गयो
दियों बाली माला उनि सजाए है मैले
दिदी बहिनी बाटो हेर्छन भाई आउछ कैले”

गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धि नयाँ गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ ।

हेम लामाको संगीत मा प्रताप दास र मिलन नेवार आमात्य को स्वर दिएका छन । म्युजिक भिडियोको निर्देशन दीपक राज घिमिरे गरेका छन् । शंकर वि सी नृत्य निर्देशक रहेको भिडियोमा शंकर वि सी र जानुका कडेल, विक्की पुलामी मगर को अभिनय रहेको छ र भने बाल कलाकार दिरोन घिमिरे र दृष्टि घिमिरे छन ।अमेरिकाको न्युयोर्क मा छायाँकन गरिएको देउसी गीतको म्युजिक भिडियोमा बिदेशमा काम गर्दा नेपालीहरुले घरमा महानपर्वमा पनि उपस्थीत हुन नस्कदाको पिडालाई समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समयदेखि अमेरिकामा बसोबास गदै आएकी घिमिरेले लेखेको देउसी गीतको स्वर संगीत र शब्दमा जति मिठास छ परम्परागत नेपाली देउसी गीतको मौलिकतालाई कायम राख्न भिडियोमा पनि उत्तिकै मेहनत गरेको देखिन्छ ।

प्रवासमा छायांकन गरिएको भिडियो भएता पनि ठेट नेपाली परिवेशलाई प्रस्तुत गरिएको छ । कलाकार भेषभुषा देखि छायांकन स्थलको सजावटले समेत नेपालको झल्को मेटाउने छ ।

नेपालहरु बिश्वको जुनसुकै कुनामा रहेको भएपनि नेपाली संस्कृतिलाई जोगाउन र त्यसको संरक्षणमा लागेकाको प्रयास स्वरुपनै यो देउसी गीत बजारमा आएको हो ,डी फोर क्रियशनले बजारमा ल्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com