मुर्दाहरुको बस्ती लिएर आउँदै रामप्रसाद खनाल


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

अमेरिका निवासी चर्चित कलाकार रामप्रसाद खनाल ‘मुर्दाहरुको बस्ती’ नामको कवितासंग्रह लिएर आउँदैछन् । कवितासंग्रह ऐरावती प्रकाशनले बजारमा ल्याउन लागेको हो ।

१३ वटा गीतिसंग्रह, आत्मबृतान्त, जीवनयात्रा, ४७ वटा गीतिएल्बम र एउटा कवितासंग्रह प्रकाशित गरेका खनालको यो दोश्रो कवितासंगह हो । खनालका हालसम्म १२ सय भन्दा धेरै कविता, मुक्तक, गजल प्रकाशित भइसकेका छन् । त्यस्तै खनालले १२ सय भन्दा धेरै गीत लेख्ने, गाउने र संगीत भर्ने गरिसकेका छन् ।

गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट लगायत एकसयभन्दा धेरै अवार्ड र सम्मान प्राप्त गरिसकेका खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत हुन् । गुल्मीको धरमपानीमा जन्मेका खनाल हाल अमेरिकाको भर्जिनियामा सपरिवार बस्दै आएका छन् । खनाल अमेरिकामा पनि कलाकारितामा निकै सकृय छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com