२ सय बढी म्युजिक भिडियोमा अभिनय गरेका बिमलेश निर्देशनतिर, अमेरिकाबाट नयाँ म्युजिक भिडियो


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

झण्डै साढे २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार बिमलेश अधिकारीको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । केहीबर्षदेखि अमेरिकामा बस्दै आएका बिमलेशले पहिलोपटक म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

६ वटा चलचित्र र दुईवटा टेलिसिरियलमा समेत अभिनय गरेका बिमलेश केही समयदेखि रंगमञ्चमा थिएनन् । तर अहिले उनी नयाँ परिचय सहित अमेरिकाबाट उदाएका छन् । क्या दामी भो, तिर्खा लाग्यो पानी खाएँ, धेरैपल्ट मरें म त, अलिकति नजर तिम्रो जस्ता सुपरहिट गीतहरुका म्युजिक भिडियोमा बिमलेशले अभिनय गरेका थिए ।

बिमलेशले निर्देशन गरेको नयाँ गीत यो मन जलेको छमा कमल रसाइलीको संगीत र स्वर रहेको छ भने अरुणीमा लम्साल र डायमण्ड थापाले अभिनय गरेका छन् । मोनी राईले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com