प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड लगायत नेताहरू शिक्षण अस्पतालमा, यस्ताे अायाे प्रधानमन्त्री ओलीकाे स्वास्थ्य रिपोर्ट


प्रकाशित मिति : कार्तिक १२, २०७५ सोमबार

केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् ।
उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री अाेलीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

केहीबेरअघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था बुझेको उनको सचिवालयले जनाएको छ।

अहिले अस्पताल परिसरमा नेकपा नेता कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।

नेकपा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री अाेलीलाइ भेट्न पुगेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ । अस्पतालका अनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्र असन्तुलित देखिएको छ ।

प्रधानमन्त्री अाेलीकाे स्वास्थ्य स्थितिमा क्रमिक सुधार हुदै गएकाे र अरु स्वास्थ्य स्थिति सामान्य रहेको कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जनाएका छन् ।

प्रधानमन्त्री ओली केही दिन यता बिरामी परेका थिए। स्वास्थ्यका कारण उनी शनिबार पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com