पाकिस्तानले शूरु गर्यो युद्धको तयारी : सबै अन्र्तराष्ट्रिय संस्थालाई देश छोड्न निर्देश, भारत र पश्चिमाको उड्यो होस !


प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार

नेपालमा जस्तैं पाकिस्तानमा पनि विभिन्न संघसंस्थाको नाममा हजारौं एनजिओ आइएनजिओहरु काम गरिरहेका छन । प्रधानमन्त्रीको रुपमा इमरान खान सत्तामा आएपछि पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ । पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो । पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । सरकारका तर्फबाट एक्सन एडलाई पठाइएको पत्रमा छ महिनापछि रजिष्ट्रेसनका लागि पुनः आवेदन गर्न सक्ने उल्लेख छ । पाकिस्तानमा मानवअधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेपछि सरकारले अन्तर्राष्ट्रिय संघसंस्थालाई देश छोड्न आदेश दिएको हो । पाकिस्तानको गुप्तचर निकायले अन्तर्राष्ट्रिय संगठनलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको छ । यो भन्दा पहिले पश्चिमी मुलुकहरुको दबाबका कारण पाकिस्तानले यस्ता निर्णय फिर्ता लिने गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com