जेलबाट छुटेर आफैंले बलात्कार गरेकी युवतीसँग बिहे


प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार

बलात्कारको आरोपमा जेलबाट छुटेलगत्तै सप्तरीको फुलकाहीका एक युवकले आफूबाट पीडित युवतीसँग विवाह गरेका छन् ।

पुनरावेदन अदालत राजविराजको आदेशअनुसार शुक्रबार साधारण तारेखमा रिहा भएका २० वर्षीय दिपेन्द्रकुमार यादव र बलात्कारको शिकार भएकी १८ वर्षीया मन्जुकुमारी यादवबीच अधिकारकर्मी र कानुन व्यवसायीको रेखदेखमा राजविराजको भगवती मन्दिरमा विवाह भएको हो ।

विवाह समारोहमा युवकका वुवा जगतलाल यादव र युवतीका बुवा सिरहाको सोठियाइन–१ का पच्चु यादव, परिवारका सदस्यहरु र आफन्त सहभागी थिए ।

विवाहपछि मान्यजनसँग आर्शिवाद लिदै गरेकी मन्जुले भनिन, ‘उसले मलाई हेरचाह गर्छ भन्ने विश्वास लागेकाले विवाहका लागि राजी भएकी हुँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बलात्कारको आरोपमा थुनामा परेपछि उनिहरुका अभिभावकहरुले आपसमा छलफल गरी विवाहको टुंगो लगाएका थिए ।

विवाहको सहमतिपछि नै युवतीले अदालतमा राजी खुशीका साथ शारिरीक सम्बन्ध राखेको बताएर दिपेन्द्रविरुद्ध चलिरहेको मुद्दा हलुको बनाएकी थिइन् । उता पुर्पक्षका लागि थुनिएका युवकले पनि केही वर्षदेखिको प्रेम सम्बन्ध रहेको भन्दै पत्नी स्विकारे ।

दुबैजनाको सहमतिमा युवतीले जिल्ला अदालतमा गत फागुन ९ गते नाताकायमको मुद्दा दर्ता गराइन् भने युवकले पुनरावेदन ग¥यो ।

दुबैले पति–पत्नीको नाता स्विकारे पनि बलात्कारको मुद्दामा पर्नसक्ने असर विचार गरेर मात्र नाताकायम गर्ने भनी अदालतले आइतबार दुबैलाई बोलाएको अधिवक्ता धर्मेन्द्र यादवले बताए ।

जीवनमा आफूमाथि यति ठूलो हरकत गर्ने पुरुषसँगै उनले जीवन बिताउने निर्णय गर्नुको पछाडि दुबैबीचको प्रेम सम्बन्ध नै रहेको स्थानीय रामविलास यादव बताउँछन् ।

फुलकाही–१ प्रितमपुरस्थित दिदीको घरमा बसेकी युवती र युवकलाई उनका आफन्तले गत मङ्सिर २७ गते आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।

दुबैका अभिभावकले दुबैबीच विवाह गराउने भनी गरेको सहमति भंग गर्दै स्थानीय नेताहरुले युवकलाई जरिवाना गराउने तर विवाह हुन नदिने निर्णय गरेपछि अलपत्र परेकी युवतीले अधिकारकर्मीको पहलमा गत पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् ।

प्रहरीले पुस ८ गते युवकलाई पक्राउ गरेपछि पुनः विवाह गर्न तयार बनेको युवकका अभिभावक तिनै नेताहरुको प्रभावमा परेर विवाह अस्विकार गरेपछि अधिकारकर्मीहरुको पहलमा पुस १४ गते मुद्दा दर्ता भयो ।

जिल्ला अदालतले पुर्पक्षका लागि माघ ११ गते राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेपछि नेताहरुको आश्वासनबाट मोहभंग भएका युवकका अभिभावक पुनः विवाह गर्न तयार भए ।.

युवतीका बाबु पच्चु यादवले भने, ‘आरोपितसँग छोरीको विवाह गरिदिनुभन्दा अर्को विकल्प मसँग थिएन ।’ उनले दुबैको विवाह नगरीदिएको भए आफ्नी छोरीको जीवन नै बर्बाद हुने पनि बताए ।

युवकका परिवारले पनि युवतीलाई बुहारी स्विकारेर घर भित्र्याएका छन् तर उनिहरुलाई दाइजो नपाइने चिन्ताले सताएको छ । आफुले सकेजति समान दिने बताएका पच्चुले आफ्नी छोरीको विवाह दर्ता र नागरिकता बनाइ दिन पाए ढुक्क हुने बताउँछन् ।

विवाह अघि यौनसम्बन्ध राख्नु दुबैजनाको दोष भएपनि समाजले महिलालाई मात्र दोष दिने गर्छ । महिलालाई नै नराम्रो दृष्टिले हेर्ने तथा अरु पुरुषले पनि विवाह नगर्ने भएकोले दुबैबीचको विवाह ठीक विकल्प भएको विवाह समारोहमा सहभागी सबिता झाले बताइन् ।

बिहे नगर्दा लामो समय जेलमा बिताउनुपर्ने बाध्यताले दिपेन्द्रले जेलबाट छुट्नका लागि मात्र बिहेको नाटक गरेको हो भने मन्जुको जीवनमा संकट आउने छ । तर दिपेन्दले मन्जुलाई श्रीमतिको स्थान दिए भने यो एउटा अनौठो प्रेमकथा हुने स्थानीय बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com