तीनहजार आप्रवासीको लस्कर मेक्सिको प्रवेश, अमेरिकातिर आउँदै


प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार

मध्य अमेरिकी देशबाट झण्डै ३ हजार आप्रवासीहरुको लस्कर मेक्सिको प्रवेश गरेको छ । उनीहरुको ग्वाटेमालाको अन्तर्राष्ट्रिय पुलबाट मेक्सिको प्रवेश गरेका हुन् ।

उनीहरु अमेरिकातिर आउने क्रममा मेक्सिको छिर्न खोज्दा त्यहाँ प्रहरी र आप्रवासीहरुबीच झडपहरु समेत भएका छन् । आप्रवासीहरु होण्डुरसको राष्ट्रिय गीत गाउँदै र नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

समुहमा रहेकामध्येका एक ३१ बर्षीय आप्रवासी आइभिस ओसोरिओले आफ्नी श्रीमति टेक्सासको ह्युस्टनमा बस्दै आएको र आफूलाई अमेरिका सिमा पार गर्न नदिइएपनि नजिक नजिक पुग्न लागेको बताएका छन् । १६ बर्ष अमेरिका बसेका उनलाई सन् २०१६ मा अमेरिकाबाट देशनिकालका गरिएको थियो ।

उनीहरुलाई अमेरिका प्रवेश गर्न नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा टुकडीहरु परिचनालन गर्ने बताएको उनीहरुलाई थाहा भएपनि अब के हुन्छ भन्ने कुरा भगवानले मात्र निर्धारण गर्ने भन्दै उनीहरु अगाडि बढिरहेका छन् ।

मेक्सिकोको सरकारले उपयुक्त कागजात भएकाहरुलाईमात्र आफ्नो देश प्रवेश गर्न दिने बताएका छन् । तर मेक्सिकोमा प्रवेश गरेर एसाइलम गर्न चाहनेहरु भने त्यसो गर्न स्वतन्त्र छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com