मोटरसाइकल दुर्घटनामा दिनेशको मृत्यु


प्रकाशित मिति : आश्विन ३०, २०७५ मंगलबार

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल पछाडि बस्ने सोही स्थानका वर्ष ४५ का कुलबहादुर थापा घाइते भएका हुन् ।

घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार गरिएको र घटना स्थलमा मुचुल्का उठाउने र सर्जमिन गर्ने कार्य प्रक्रिया शुरु भएको पनि प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com