न्यूयोर्क च्याप्टरले न्यूयोर्कमा भव्यरुपमा एनआरएन डे मनायो
प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार
एनआरएनए न्यूयोर्क च्याप्टरले शनिवार न्यूयोर्कमा बिशेष कार्यक्रमको आयोजना गरि एनआरएन डे मनाएको छ । न्यूयोर्क सिटीमा निर्वाचित पदाधिकारीहरुलाई बिशेष अथितिका रुपमा बोलाई बिभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेर भव्य रुपमा एनआरएन डे मनाएको हो ।
सबै नेपालीहरुको साझा सस्थाका रुपमा स्थापित एनआरएन र स्थानिय निकायका बीच समयन्वयकारी भुमिका निर्वाह गर्ने उदेश्यका साथ न्यूयोर्क सिटीमा निर्वाचित पदाधिकारीहरुलाई बिशेष अतिथिका रुपमा बोलाइएको थियो ।
कार्यक्रममा नेपाली समुदायमा परिचित नेपाली समुदायसंग काम समेत गरेका काउन्सिल म्यान कोष्टा, यसएमलि म्यान ब्राइन ब्राइनवेल, पूर्व काउन्सिल उमन एलिजेवद क्राउली, डारेक्टर अफ कन्सिटून्ट सर्पोट सर्भिस महमद रेहमान र पब्लिक पोलेसि एण्ड एक्सटरनल चेयरम्यान हर्पित सिंहले आफुहरु नेपाली समुदायसंग सहकार्य गरी अगाडि बढ्न इच्छुक रहेको र सिटीमा रहेका सेवा सुविधा नेपाली समुदायलाई उपलब्ध गराउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।









न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्य दुतावास न्यूयोर्कका वाणिज्य दुत कृशु क्षेत्री, एनआरएन अमेरिका महासचिव बिरआर लामा, कानुन व्यवसायी तथा एनआरएन अभियान्ता खगेन्द्र जिसी, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति पूर्व संयोजक तथा विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी, प्रवासी नेपाली मञ्च अमेरिकाका उपमहासचिव कृष्ण लामिछाने, रिजउड नेपाली समाजका सचिव भुवन अधिकारी, लङआइल्याण्ड नेपाली समाज अध्यक्ष टिका ढकाल, फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, एनआरएन आइसिसी सदस्य बन्दना कोइराला लगायतले एनआरएनका उदेश्य र उपलब्धीका साथै आगामी नितिहरुका बारेमा बोलेका थिए । कार्यक्रम सञ्चालन च्याप्टर सचिव महेश खड्काले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टर उपाध्यक्ष विष्णु रानामगरले गरेका थिए ।
कार्यक्रममा च्याप्टरले सिटीका उपस्थित पदाधिकारीहरुलाई सम्मान गरेको छ । साथै सोही अवसरमा न्यूयोर्क सिटीले एनआरएनए न्यूयोर्क च्याप्टरलाई समेत बिशेष सम्मान गरेको छ । यस्तै कार्यक्रममा सिमरन अधिकारी, बिद्या पौडेल, प्रिसिला सिंह, सुहाना गुनी, स्मिारिका पाण्डे, गरिमा ज्ञवाली, प्रग्ना पन्थी, योगिन विष्ट लगायतले नृत्य प्रस्तुत गरेका थिए । एनआरएनए न्यूयोर्क च्याप्टरले संस्थाको हितमा काम गरेका बिभिन्न संघ सस्थाहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा लङआइल्याण्ड नेपाली समाज, रिजउड समाज, फिप्ना, अधिकार, किराँत राईत एशोसियन र बलेवा समाज अमेरिका छन् । यस्तै सिटी काउन्सीलबाट एनआरएन न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष तेम्बा शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका पूर्व महिला संयोजक पुनम रानामगर, अर्जुन मौनाली, डा. हरि दाहाल, कञ्चन बस्नेत, गोपाल गुरुङ, बेगम पण्डित, प्रेमकुमार राई, चन्द्र जिसी, र कुलप्रसाद गौली सम्मानित भएका छन् ।
यस्तै एनआरएनए न्यूयोर्क च्याप्टरलाई सहयोग गर्ने नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा, सञ्चारकर्मी शैलेष श्रेष्ठ, सञ्चारकर्मी अकुर लुइटेल, पत्रकार दिपक परियार, लेखक राजन थपलिया, एल्महस्ट हस्पिटल कम्यूनीटि बोर्ड सल्लाहकार यादव बास्तोला, नेपाल बिद्यार्थी संघ अमेरिका अध्यक्ष प्रभात सापकोटा, सानुमाया तामाङ, दुर्गेस कार्की, बिनोद थापा, मच्छे गुरुङ, गोमा योञ्जन, अच्यूत सिग्देल, अन्जन श्रेष्ठ सम्मानित भएका छन् ।
हाल विश्वभर ७९ देशहरुमा राष्ट्यि सम्वन्व्य समितिहरु रहेको गैरआवासिय नेपाली संघको स्थापना दिवश हरेक बर्ष मनाउँदै आइएको छ । संघको अमेरिकामा २९ राज्यमा च्याप्टरहरु रहेका छन् । विश्वभर झण्डै ४० लाख प्रवासी नेपालीहरु रहेको अनुमान गरिएको छ भने अमेरिकामा २ लाख भन्दा बढी रहेको अनुमान छ ।





