टेक्सासको ह्युस्टनमा रहेको नेप्लिज हेरिटेज यूनियनमा नयाँ नेतृत्व


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

– सागर अर्याल

टेक्सासको ह्युस्टनमा गतबर्ष गठित नेप्लिज हेरिटेज यूनियन (एनएचयू)को अधिवेशन र साधारण सभाले डा. चण्डी भण्डारीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । निवर्तमान अध्यक्ष विदुर दवाडीले नयाँ नेतृत्वका लागि डा. भण्डारीलाई प्रस्ताव गर्नुभएको थियो ।

ह्युस्टनमा बस्ने नेपालीहरुमा भएको युवा चेत र जाँगरले नेपाली भाषा, संस्कृति र चाड्पर्वको सम्वद्र्धन गर्न , नेपाली समुदायलाई एकतामा बाँध्न , आपसी सहयोग र सद्भाव बाँड्ने उद्देश्यले गतबर्ष संस्थाको स्थापना भएको थियो ।

अधिवेशनबाट महासचिवमा डिसज न्यौपाने र कोषाध्यक्षमा दिपेन्द्र गौतम सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष सहित पहिलेको कार्यसमितिका पदाधिकारीहरुको सल्लाहमा चारजना उपाध्यक्ष, तीनजना सचिव, एक सहायक कोषाध्यक्ष र सातजना कार्यसमिति सदस्य पनि अधिवेशनस्थल मै मनोनीत हुनुभयो । क्ष्मण भण्डारी, तुलसीराम बस्याल र दामोदर भण्डारी रहेको निर्वाचन समितिले नवगठित कार्यसमितिको घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यसमितिका चार उपाध्यक्षमा बाबुराम बस्याल, जनार्दन कंडेल, तुलसीराम अर्याल र नवीन गौतम मनोनीत हुनुभयो भने तीनजना सचिवमा कर्ण बोगटी, पर्शुराम शर्मा र चिन्तामणि तिमल्सिना मनोनीत हुनुभयो । यसैगरी सहायक कोषाध्यक्षमा नवराज घिमिरे र सातजना सदस्यहरुमा जगतबन्धु भण्डारी, रमा भट्टराई, हिमाल पंगेनी, विष्णु ढकाल, झंकर कुँवर, प्रेम पौडेल र रोशन क्षेत्री मनोनीत हुनुभयो ।

अधिवेशनमा निवर्तमान कार्यसमितिका महासचिव डिसज न्यौपानले एनएचयूले गठन यता एकबर्षमा गरेका सबै सामाजिक, सांस्कृतिक एवं धार्मिक क्रियाकलापहरुको संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष दिपेन्द्र गौतमले संस्थाको आम्दानीखर्चको विवरण सार्वजनिक गर्नुभएको थियो ।

एनएचयूले आफ्नो वेबसाइट पनि सार्वजनिक गरेको छ र संस्थापक सबै गतिविधि वेबसाइटमा राखिने कोषाध्यक्ष गौतमले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित बयोबृद्ध सदस्य उदयराज भण्डारीले एनएचयूको वेबसाइटलाई सार्वजनिक गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com