ग्रिनकार्डका लागि नक्कली कागजात पेश गर्ने ३ जनालाई ५ बर्ष जेल, साढे २ लाख डलर जरिवाना


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

आप्रवासी भिसा र ग्रिनकार्डका लागि गलत सुचना र नक्कली कागजात पेश गरेको अभियोगमा न्युयोर्कमा तीनजनालाई भिसा फ्रडमा दोषी ठहर गरिएको छ । ४५ बर्षीय लुब्ना रहमान, ४५ बर्षीय एलिना रहमान र ५५ बर्षकी दलिया लितालाई जुरीले दोषी ठहर गरेको छ ।

उनीहरुमाथिको अनुसन्धानका लागि अमेरिकी सरकारको युएससीआईएसले सहयोग गरेको थियो । युएससीआईएसको फ्रड डिटेन्सन र नेशनल सेक्युरिटी अफिसरले ग्रिनकार्डका लागि जालसाजी गरेको मामलामा अनुसन्धानका लागि आइसका विशेष अनुसन्धानकर्ताहरुलाई सघाएका थिए ।

लिताले उनका बहिनीहरु लुब्ना र एलिनाका लागि परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्दा बहिनीहरुको अमेरिकामा रहेको गैरकानुनी उपस्थीति ढाँटेकी थिइन् । विवरण ढाँटेर ग्रिनकार्ड प्राप्त गरेका एलिना र लुब्नाले सन् २०१२ मा पुन विवरण ढाँटेर परिवारमा आधारित ग्रिनकार्ड फाइल गरेका थिए ।

उनीहरुलाई अब हरेकलाई ५ बर्षसम्मको जेल सजाय हुनेछ भने साढे २ लाख डलरसम्म जरिवाना हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com