फेसबुक लिडरसिप कार्यक्रममा नेपालबाट सूर्य कार्की छनौट, ५० हजार डलर सम्म दिइने


प्रकाशित मिति : आश्विन ८, २०७५ सोमबार

फेसबुक कम्युनिटी लिडरसिप कार्यक्रममा नेपालबाट सूर्य कार्की छनौट भएका छन् । कार्की युनाइटेड वल्र्ड स्कुल्स नेपालका को फाउण्डर तथा कन्ट्री डाइरेक्टर हुन् ।

यो संस्थाको स्थापना शिक्षाको पहुच नभएका नेपाली बालबालिकाहरुलाई गुणस्तरीय र निशुल्क शिक्षा प्रदान गर्नका लागि गरिएको हो । अहिलेसम्म यो संस्थाले विभिन्न ४२ समुदायका २७ सय बालबालिकाहरुलाई सेवा प्रदान गर्नका लागि २५ वटा विद्यालयहरु निर्माण गरिसकेको छ ।

फेसबुक कम्युनिटी लिडरसिप कार्यक्रममा छनौट भएका कार्कीले सामुदायिक पहलका लागि ५० हजार अमेरिकी डलरसम्म प्राप्त गर्ने फेसबुकले जनाएको छ । फेसबुकले विश्वभरबाट आएका झण्डै ६ हजार आवेदनहरुमध्येबाट ११५ जनालाई छनौट गरेको हो । जसमध्ये छानिएका टप फाइभले १० लाख डलरसम्म सामुदायिक सेवाका लागि प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेसबुकले कम्युनिटी लिडरसिप कार्यक्रमका लागि विश्वका ४६ देशबाट शिक्षा, स्वास्थ्य सम्बन्धित ११ क्षेत्रका ११५ जनालाई छनौट गरेको हो । जसमध्ये ५ जनालाई रेसिडेन्ट, ९६ जनालाई फेलो र १५ जनालाई युथ फेलोको रुपमा छनौट गरिएको हो । कार्की फेलोका रुपमा छनौट भएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com