कुरा होइन काम गरौँः नेता नेपाल


प्रकाशित मिति : आश्विन ७, २०७५ आईतबार

पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले आजको अवश्यकता कुरा होइन काम भएको बताउनु भएको छ ।
नेपाल टेलिभिजनका लागी अमेरिकामा निर्माण हुने कार्यक्रम ‘यू स्टार्ट अगेन’ मा बरिष्ठ टेलिभिजन प्रस्तोता सुर्य थापासंग कुरा गर्दै नेता नेपालले प्रधानमन्त्री केपी वली लाइ यस्तो सुझाव दिएका हुन् ।
सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको तर्फ कटाक्ष गर्दै नेपालले भने  ‘दुइतिहाइमा दम हुन्छ तर दम्भ हुनुहुदैन, आजको आवश्यकता भनेका स्पिच होइन स्पिड हो ।’सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको बताउंदै नेपालले नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सन्चालनका लागि पर्याप्त छलफलको अभाव भएको समेत बताउनुभएको छ । सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको बताउंदै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिनुभएको छ । दुई पार्टि बिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेता नेपालले एकता कमजोर नहुने बताउनुभयो । आफु ७० बर्ष पुग्ने समयसम्म सकृय राजनीति गर्ने नेपालले बताउनुभयो । नेता नेपालले बिदेशमा आर्जन गरेको सिप र साधन श्रोतलाइ नेपालको हितमा लगाउन समस्त प्रवासी नेपालीलाइ आग्रह गरे । “लालबाबु पंडितले त हामीलाइ भु.पु. नेपाली भन्नुभयो नि ?” भन्ने प्रश्नको जवाफमा उनले लालबाबुको आशय त्यस्तो नभएको बरु उनको भनाइलाइ बिषयान्तर गरिएको बताउनु भयो ।

यू स्टार्ट अगेन हरेक महिनाको दोस्रो र चौथो आइतबार प्रशारण हुदै आएको छ । कार्यक्रमको आगामी इपिसोडमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासंग बर्तमान सरकारको कार्यशैली र प्रतिपक्षको भूमीकाको बारेमा कुरा गरिएको प्रस्तोता थापाले जानकारि दिए ।

प्रस्तुत छ कार्यक्रम यु स्टार्ट अगेनका लागि नेता नेपालसंग गरिएको कुराकानी:

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com