माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ । नेकपा–माओवादीबाट अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित पार्टी कार्यालय आफूहरूले प्रयोग गर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।
पार्टी कार्यालय परिसरमा रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा विवाद देखिएको कान्तिपुरमा खबर छ। साता दिनअघि मात्र दाहाल पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाए ।
लगत्तै वैद्य पक्षधरले तोडे । दाहाल पक्षधर कार्यकर्ताले आफ्नो पार्टीको झन्डा निकालेको भन्दै पार्टी कार्यालयमा मगर राष्ट्रिय मुक्ति मोर्चाको बोर्डै ल्याएर राखे । अहिले पार्टी कार्यालयमा नेकपा–माओवादी पार्टीको नेवा: राज्य कार्यालयसहित दुवै पार्टीको बोर्ड छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।