Follow @khasokhasmag

कुपन्डोलको कार्यालयबारे दाहाल-वैद्य विवाद


प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार

माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ । नेकपा–माओवादीबाट अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित पार्टी कार्यालय आफूहरूले प्रयोग गर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो ।

पार्टी कार्यालय परिसरमा रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा विवाद देखिएको कान्तिपुरमा खबर छ। साता दिनअघि मात्र दाहाल पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाए ।

लगत्तै वैद्य पक्षधरले तोडे । दाहाल पक्षधर कार्यकर्ताले आफ्नो पार्टीको झन्डा निकालेको भन्दै पार्टी कार्यालयमा मगर राष्ट्रिय मुक्ति मोर्चाको बोर्डै ल्याएर राखे । अहिले पार्टी कार्यालयमा नेकपा–माओवादी पार्टीको नेवा: राज्य कार्यालयसहित दुवै पार्टीको बोर्ड छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com