गोविन्द केसीको समर्थन गर्दै बाबुराम भट्टराई सडकमा !


प्रकाशित मिति : मंसिर १८, २०७३ शनिबार

 

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज सडकमा उत्रिएका छन् । नयाँ बानेश्वरको सडकमा डाक्टरहरु, मेडिकल साइन्सका विद्यार्थी, नयाँ शक्ति पार्टीका कार्यकर्ता एवं डा. गोविन्द केसीका सुभेच्छुकहरु सडकमा उत्रिएका हुन ।

२१ औं दिनदेखि अनसनरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै   आज भएको जनप्रदर्शनपछि आयोजिक कोणसभालाई  सम्बोधन गर्दै  संयोजक भट्टराइले  ‘डा. केसीको ज्यान जोखिममा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएकाले तत्काल उहाँको माग सम्बोधन गर्दै मुलुक र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए ।  प्रदर्शनकारीहरुले मेडिकल माफियाहरुमाथि कारवाही गरिनुपर्ने र डा. केसीका मागहरु पूरा गरी उनको जीवनरक्षा गरिनुपर्ने माग गरेका थिए । स्वतस्फूर्त रुपमा सडकमा आएका युवाहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

15349630_918304744973703_5751742704621298675_n

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

15253639_918304808307030_7315742238552480762_n

15220117_918304811640363_5340259401228874401_n

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com