संशोधन विधेयक: सरकारको नीति ‘पर्ख र हेर’


प्रकाशित मिति : मंसिर १८, २०७३ शनिबार

संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न नसकिने संघीय गठबन्धन र त्यसमा आबद्ध मधेसी मोर्चाको प्रतिक्रियाले अप्ठ्यारोमा परेको सरकारले केही दिन ‘पर्ख र हेर’ को नीति लिने भएको छ । स्रोतका अनुसार मोर्चाको गतिविधि र आन्दोलनको परिस्थिति हेरेर केही दिनमा सरकारले विधेयक फिर्ता लिने या नलिने निर्णय गर्नेछ ।

‘जसका लागि यो संशोधन विधेयक दर्ता गरिएको हो, त्यही पक्षले मान्दै मान्दैनौं भनेपछि सत्तापक्षभित्रै विधेयक फिर्ता लिनुपर्ने दबाब बढेको छ,’ सरकारका एक मन्त्रीले भने, ‘केही दिन मोर्चाको मनस्थिति र विपक्षी पार्टीको आन्दोलन हेरेर विधेयकलाई के गर्ने भन्नेबारे निर्णय लिने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ ।’

प्रदेश नम्बर ५ को सीमांकन बदल्ने प्रस्तावविरुद्ध सुरु भएको आन्दोलनमा विपक्षी नेतासँगै सत्तापक्षका नेता तथा कार्यकर्ता नै देखिएपछि सरकार झनै अप्ठ्यारोमा परेको हो । स्रोतका अनुसार मोर्चाले विधेयकको पक्षमा तत्काल सकारात्मक सन्देश नदिए प्रधानमन्त्री संशोधन विधेयकलाई निष्क्रिय बनाएर स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने रणनीतिमा जानेछन् ।

कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भने संशोधन विधेयकको पक्षमा मोर्चाका नेताहरू आउने दाबी गर्छन् । मोर्चाका नेताहरूसँग औपचारिक/अनौपचारिक लामो छलफलपछि विधेयक आएको बताउँदै निधिले यथास्थितिमा नमान्ने भने पनि उनीहरूले विधेयकको पक्षमा मतदान गर्ने दाबी गरे । ‘केही नेताले असन्तुष्टि प्रकट गरे पनि सरकारले अघि बढाएको विधेयकप्रति मधेसका नेता तथा कार्यकर्तामा खुसी छाएको छ,’ उनले भने, ‘सरकार संशोधन विधेयकलाई पारित गराउने प्रयासमै रहन्छ तर केही दिन हामी ‘पर्ख र हेरको’ स्थितिमा छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोर्चाका नेताहरूले आलोचनात्मक समर्थन गर्दै आफूहरूले निर्वाचनमा भाग लिने भनेपछि मात्रै संविधान संशोधन विधेयक दर्ता भएको सरकारको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बोलाएको बैठकमा मोर्चाका नेताहरू त्यसविपरीत गएपछि सत्तापक्षभित्रै विधेयक अघि बढाउनुको औचित्य नरहेको भन्दै फिर्ता लिन दबाब पर्न थालेको कान्तिपुरमा खबर छ ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने संविधान संशोधन प्रस्ताव लैजान आफूहरूले अल्टिमेटम दिए पनि ‘कन्टेन्ट’ को विषयमा छलफल नभएको दाबी गरेका छन् । शुक्रबार एक सार्वजनिक कार्यक्रममा ठाकुरले भनेका छन्, ‘यथास्थितिमा हामी यसलाई स्वीकार गर्न सक्दैनौं । परिमार्जनसहित लैजाने हो भने समर्थन गर्छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com