चलचित्र निर्माता रमेश पौडेल अमेरिकामा सम्मानित


प्रकाशित मिति : आश्विन ३, २०७५ बुधबार

युवा व्यवसायी तथा चलचित्र निर्माता रमेश एम के पौडेल अमेरिकामा सम्मानित भएका छन् । चलचित्र राज्जा रानी र रुद्रप्रियाका निर्माता पौडेललाई चलचित्रमार्फत नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरेवापत अमेरिकाको क्यालिफोर्नियामा सम्मान गरिएको हो ।

क्यालिफोर्नियाको साराटोगा सिटी काउन्सिलका काउन्सिल सदस्य ऋषी कुमारले सम्मानित गरेका हुन् । उनले पहिलो पटक नेपाली चलचित्र हेरेको र चलचित्र दाइजो प्रथा तथा महिला हिंशाबिरुद्ध रहेको भन्दै निर्माताको प्रशंसा गरेका थिए ।

कुनै समय क्लासिक एफ।एम।मा गजल बाचन गर्दा रमेश समवेदनाको नामबाट चिनिने पौडेल तिनै ब्यक्ति हुन जसले जसले नेपालमा मोफसल तर्फ पहिलो पटक विरगंजबाट प्रसारण हुने तराई टिभी पनि सञ्चालन गरेका थिए । उनी डिस होम र सिम टिभी जस्ता लेटेष्ट टेक्नोलोजीमा आधारित रहेर चलिरहेका ब्रोडकास्टिङ च्यानलहरुको पनि सुरुवात गर्ने पहिलो ब्यक्ति हुन ।

उनले गत बर्ष राज्जा रानी र रुद्रप्रिया बाहेक अन्य सात वटा फिल्ममा पनि निर्माता भई लगानी गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com