बोस्टनमा राईहरुको समर पिकनिक, २०२० सम्ममा अमेरिकामा जग्गा खरिद गर्ने


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

-सुरेश चाम्लिङ्ग 

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा बोस्टनमा भब्यरुपमा समर पिकनिक सम्पन्न भएको छ।नेपालबाट अमेरिका भ्रमणमा आउनु हुने तथा नेपालबाट भर्खर अमेरिकामा आइ बसोबास गर्नु हुने किरात राई महानुभाव हरुलाई केक काटेर र खादा ओढाएर सम्मान गरिएको थियो।

नेपालबाट अमेरिका भ्रमणमा आउनु भएका नेपाल सरकारका पुर्व कर्मचारी तथा किरात राई चाम्लिङ्ग खाम्बातिमको पुर्व सभापति बागधन राइले अमेरिकामा किरात राई हरु संगठित भएर नेपालमा बिभिन्न क्षेत्रमा गरेको सहयोग अति सराहनीय रहेको कुरा बताउनु भएको थियो। अर्गनाइजेसनका केन्द्रिय सभापति बिष्णु राईले किरात राईहरु संगठित भएर अन्य धेरै सिर्जनात्मक कामहरु गर्नु आजको आवस्यकता भएको कुरा बताउनु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्गनाइजेसनका उप सभापति मुना राईले सस्थाको मुख्य उदेश्य मिसन २०२० रहेको र उक्त मिसनमा २०२० सम्ममा सस्थाले अमेरिकामा जग्गा खरिद गर्ने र त्यहाँ साकेला थान ,चुला पुज्ने घर लगाएतका कार्य गर्ने स्थलको निर्माण गरिने बारेमा जानकारी गराउनु भएको थियो। नाच गान, बार्बेक्यु र बिभिन्न मनोरंजनात्मक कार्यक्रम गरिएको उक्त पिकनिकमा बोस्टन लगाएत न्यु योर्क ,मेरी ल्याण्ड,कनेक्टिकट,न्यु हेम्प्शायर लगाएतका राज्यबाट किराती राईहरु सहभागी भएको उक्त कार्यक्रमको सभापतित्व अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले गर्नु भएको थियो भने उद्घोसण सल्लाहकार धौल बीर राईले गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com