गायक तिलक श्रेष्ठको ‘सुनसान बगरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक 


प्रकाशित मिति : ९ भदौ २०७५, शनिबार

प्रवासमा रहेर नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएका अमेरिका निवासी गायक गायक तिलक श्रेष्ठले आफ्नो दोस्रो एल्वम ‘उषा’मा रहेको ‘सुनसान बगरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छ्न् । गीतकार पासाङ शेर्पाको शब्द र चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको गीत निकै मार्मिक रहेको छ ।

यस गीतका एरेन्जर स्वयम् हरि लम्साल हुन् भने गीतको मिक्सिङ र माष्टरिङ भने प्रकाश मिश्रले गरेका हुन् । जीवन भट्टराई र सम्पदा बानियाँको मन छुने अभिनय रहेको यस गीतको म्युजिक भिडियोको क्यामारा उत्सव दाहाल , एडिटिङ निशान घिमिरे र निर्देशन प्रकाश धितालले गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com