तपाईको एक लाइकले एक दृष्टिविहीन नेपालीलाई जोन एफ केनेडीले पाएको सम्मान दिलाउन सक्छ !


प्रकाशित मिति : ७ भदौ २०७५, बिहिबार

विश्वभरी संजाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जेसिआइले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दै आएकोमा विश्व भरबाट छानिएका २० जना मध्ये एकजनामा  डाक्टर कमल लामिछाने पर्नु भएको छ ।  कमल लामिछाने विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति हुनुहुन्छ ।

उहाँलाई जिताउनका लागि यही अगस्त २४ सम्ममात्र भोट गर्न सकिने जनाइएको छ ।

भोट गर्नका लागि यो लिंकमा क्लिक गरेपछि उहाँको फोटोमा क्लिक गरेर फोटोको तल रहेको लाइक बटनमा क्लिक गर्नुपर्छ ।

अमेरीकी राष्ट्रपति स्वर्गीय जोन एफ केनेडीले पनि जेसीआइको यो सम्मान पाएका थिए ।

डाक्टर कमल लामिछाने दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न नपाउनुभएका चितवनस्थित कालिका नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले सन् २०१० सालमा २९ वर्षको उमेरमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गर्नुभएको हो । हाल उहाँ जापानको चुकुबा विश्वविद्यालयका सहप्राध्यपक हुनुहुन्छ । चुकुबामा अध्यापन गर्नु पूर्व उहाँ जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँका शिक्षाका साथै अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् । लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।

आत्मविश्वास, परिश्रम र सकारात्मक सोचमा विश्वास राख्ने उनले संयुक्त राष्ट्र संघको दीगो विकाशका लक्ष्यहरूमा अपागंतालाई समेट्न महत्वपूर्ण भूमिका खेल्नुभयो । विश्व बैंक र संयुक्त राष्ट्रसंघका अलावा उहाले एशिया, उत्तर र दक्षिण अमेरीका अनि अष्ट्रेलियामा बिभिन्न समयमा शिक्षा र रोजगारीका बारेमा अनुसन्धानमा आधारित लेक्चरहरू दिँदै आउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com