प्रधानमन्त्रीलाई फेसबुकमा गाली गर्ने वडासचिव पक्राउ


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सन्जाल फेसबुकमा गाली गर्ने वडासचिव पक्राउ परेका छन् ।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव होमनाथ सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।

सिग्देल नक्कली आइडी बनाई प्रधानमन्त्रीलाई फेसबुकमार्फत गालिगलौज गरेवापत विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ परेका हुन् । उनलाई पाँचवर्ष थुनिने गरी बबरमहलबाट उपत्यका अपराध अनुसन्धान टोलीले नियन्त्रणमा लिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com