कालिमाटी बजार बन्द हुँदा जनतालाई सास्ती


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

अनुगमनको विरोधमा व्यवसायीले मंगलबार कालिमाटी तरकारी बजार बन्द गराएका छन् । बन्दका कारण दैनिक झण्डै ७ सय तरकारी भित्रिने कालिमाटी बजारमा मंगलबार करिब एक सय टन मात्रै तरकारी भित्रिएको थियो ।

हिजो अनुगमनका क्रममा अवरोध गरेको भन्दै प्रहरीले कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले किसानहरुबाट तरकारी नै खरिद नगरेका हुन् ।

कालिमाटी बजार बन्द हुँदा जनताहरुलाई भने सास्ती भएको छ । अनुगमनमा गएको टोलीले आफूहरुलाई व्यापारीहरुले थुनेको भनेर हाल्ला फैलाएको भए पनि त्यो यथार्थ नभएको कालीबाटीका व्यापारीहरुको भनाई छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बजार भित्रको थोक पसल बन्द भएपनि बाहिरपट्टीको रहेको खुद्रा बजार भने खुलेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com