१३ वर्षीया बालिका हत्या प्रकरणले महेन्द्रनगर तनावग्रस्त, ८ राउन्ड अश्रुग्यास प्रहार


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

१३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको भन्दै स्थानीय वासिन्दाले प्रदर्शन गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निम्बुखेडामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि  स्थानीय वासिन्दाले प्रदर्शन गरेका हुन ।

बलात्कार र हत्या प्रकरणले मंगलवार महेन्द्रनगर तनावग्रस्त भएको छ ।
प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले ८ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सोमवार अपराह्न पत्रकार सम्मेलनमार्फत् निर्मला हत्याकाण्डका अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, मानसिक अवस्था ठिक नभएका विष्टलाई प्रहरी ‘नक्कली’ अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै सर्वसाधारण आन्दोलन भएका छन् । आन्दोलित सर्वसाधारणले सोमवार सदरमुकाम महेन्द्रनगर समेत बन्द गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com