‘पागल’लाई ‘बलात्कारी’ बनाइएको विरोधमा प्रदर्शन
प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार
निर्मला पन्त बलात्कार घटनामा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई ‘बलात्कारी’का रुपमा सार्वजनिक गरेको भन्दै भीमदत्त नगरपालिकामा स्थानीयले प्रदर्शन गरेका छन् ।
प्रहरीविरुद्ध भएको प्रदर्शनमा स्थानीय व्यापारीहरुको संलग्नता छ । असली अपराधी लुकाइएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । प्रदर्शन नियन्त्रणबाहिर हुने अवस्थामा पुगेपछि भीमदत्त बजारमा तनाव भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन भएको छ ।
प्रहरीले सोमबार निर्मला हत्या प्रकरणमा दीलिप विष्टलाई सार्वजनिक गरेको थियो । तर स्थानीयले विष्ट असली अपराधी नभएको भन्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् ।





