न्युयोर्कमा तीन सामाजिक अभियन्ता नेपाली नारी सम्मानित


प्रकाशित मिति : श्रावण २८, २०७५ सोमबार

न्युयोर्कमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरू डा. विष्णुमाया परियार, नर्वदा क्षेत्री र राजन विश्वकर्मा विश्वकै अग्रणी नारी बुद्धिस्ट लामा गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोछेबाट सम्मानित हुनुभएको छ । शेर्पा किदूग अमेरिकाले बुद्धिष्ट गुरुमाँ मिन्ड्रोलिङ् जेचुन् खाँडो रिन्पोछेको समुपस्थितिमा गरेको ग्रिन तारा ईम्पावरमेण्ट बुद्ध पूजा र आराधना समारोहमा सामाजिक अभियन्ता तीन नेपाली नारीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा डा विष्णुमाया परियारको जीवनगाथाबारे ‘अनटचेवल र मदर राजन विश्वकर्माद्वारा हेरचाह गरिएका अनाथ बालबालिकाबारे डकुमेण्ट्री प्रदर्शन गरिएको थियो ।

अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी शहरका मेयर स्टेभन फुलपकि डाईभर्सिटी एण्ड ईन्क्लुसन बोर्ड सल्लाहकार समेत रहेकी डा परियारको संस्था एड्वानको स्थापना काल सन् १९९८ देखी हालसम्म शैक्षिक कार्यक्रमबाट १५ हजार बढी बालबालिकाहरु लाभान्बित भएकाछन् । त्यस्तै महत्वाकांक्षी छात्राकोषबाट २३२ जना किशोरी विद्यार्थीहरुले कलेज स्तरको उच्च प्राबिधिक शिक्षा हाँशिल गर्न सफल भएकाछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो साल सन् २०१८ मा थप १०० जना विद्यार्थीहरुले महत्वाकांक्षी छात्राकोषप्राप्त गर्ने घोशणा गरिएको छ । एड्वानले नेपालका बिपन्न र दलित समुदायका ५० हजारभन्दा बेशी महिलाहरु र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।

न्युयोर्क शहरको कुईन्समा सकृय नेपाली महिलाहरूद्वारा नेतृत्व गरिएको ‘अधिकार’ की नर्वदा क्षेत्रीको सबल नेतृत्वमा हजारौं महिलाहरू लाभान्वित भएका छन्।

त्यसैगरी, नेपाल डिप्राईभ्ड नोमेन एण्ड चिल्ड्रन अपलिफ्टमेण्ट सेण्टरबारे बृतचित्र पनि प्रदर्शन गरिएको थियो। मदर राजन विश्वकर्माद्वारा स्थापित सेण्टरले १०० भन्दा बढी अनाथ बालबालिकाहरूलाई सहयोग गरेको छ भने हाल ८५ अनाथ बालबालिकाहरू सेण्टरको आफ्नै होष्टेल बसोवास र विद्मालयमा अध्ययनरत छन्।

फोटो :  प्रदीप परियार थापा 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com