अब नागरिकताको उमेर सच्याउन पाइने


प्रकाशित मिति : श्रावण २५, २०७५ शुक्रबार

राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्चाउन मिल्ने गरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ।

सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेरसम्बन्धी त्रुटि सच्चाउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ। संशोधन विधेयक सरकारका तर्फबाट उप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले दर्ता गर्नुभएकाे हाे ।

विधेयकले प्रमाणपत्र अनुसार त्रुटि हुन गएमा सच्चाउन पाउने व्यवस्था प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकले गरेको छ।

उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र सच्चाउन निवेदन दिनु पर्ने छ। मूल ऐनको दफा १७ को उपदफा १ मा खण्ड थप गर्दै सरकारले प्रमाणपत्र जारी भएको एक वर्षभित्र निवेन दिन सक्ने व्यवस्था गरेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रस्तावित विधेयकमा भनिएको छ ‘उमेर सच्चाउन चाहने व्यक्ति नगरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com