दिल्लीमा तीन महिनादेखि एक नेपाली महिला बेपत्ता, परिवारको बिचल्ली
प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार
भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिला बेपत्ता हुँदा तीन वर्षीय दुधे बालकको बिचल्ली भएको छ। गुल्मी जिल्ला, मदाने गाउँपालिका साबिकको धुर्कोट गाविस वडा नम्बर ७ का स्थायी घर भएका दामोदर पाण्डे की श्रीमती सीता पाण्डे भारतको राजधानी नयाँ दिल्लीबाट गत जेष्ठ २८ गतेदेखि बेपत्ता भएकी हुन्।
उनका श्रीमान दामोदर पाण्डे कार ड्राइवर हुन्, उनी १८ वर्षदेखि दिल्लीको इस्ट ओफ कैलाश नगरमा बसोबास गरिरहेका छन्। यसै क्रममा नौ वर्ष पहिला पाण्डेको घनिष्ट मित्र खुम बहादुर घिमिरीले मित्रतालाई पारिवारिक रुप दिनको लागि आफ्नी सालीसंग पाण्डेको विवाह प्रस्ताव दिए जसलाई पाण्डेले पनि नकार्न सकेनन् र आफ्नो स्व-इस्छाले मित्रतालाई पारिवारिक सम्बन्धमा परिवर्तन गर्न सफल भए।
पीडितले बताए अनुसार गत नौ वर्षमा कुनै पनि पारिवारिक विवाद थिएन तर तीन महिना पहिला श्रीमती अचानक लापता भएको जानकारी दिए। जसको अहिलेसम्म कुनै पत्तोपलाँस छैन । आफुले सक्दो खोजि गरिरहेको र खोजि अभियान समेत चलाउँदा पनि नभेट्एिको बताएका छन्।
पाण्डेद्वारा विवादित बयान
श्रीमतीका दिदी भिनाजु (दिल्लीमा बसोबास गर्ने) संग पाण्डेको सम्बन्धमा खट-पट चलिरहेको थियो जसको बदला लिनका लागि षड्यन्त्र रचिएको हो । दिदीको घर जान्छु भनेर हिनेकी श्रीमती एक्कासी लापता भए पछि माइती पक्षबाट सास कि लास टकार भन्ने धक्कीका साथ कानूनी कारवाही गर्ने धम्कीसम्म दिएका थिए।
जसले गर्दा पाण्डे मानसिक सन्तुलनसम्म प्रभावित भएको थियो। हराएको १० दिन पछि एक्कासी काठमाडौँबाट लगातार ३ दिनसम्म श्रीमतीको फोन आएको थियो र उनले आफन्तको होटेलमा कार्य गर्दै छु भन्ने जानकारीका साथ चाँडै दिल्ली फर्किने आश्वासनसम्म दिएकी थिईन्।
तर अहिले ३ महिनासम्म कुनै सम्पर्क हुन सकेको छैन । काठमाडौँबाट फोन गरेको न. को नम्बरमा बुझ्दा श्रीमती कि कान्छी बैनी जवाईको हो भन्ने पुष्टि भयो, उनी भन्छन्। तथापी पीडितलाई यो षड्यंत्र गरिएको र सीता पाण्डेलाई अलपत्र (गायब) हुनुमा माइती पक्षको मुख्य भूमिका रहेको आरोप लगाए।
दामोदर र श्रीमती सीता पाण्डेको परिवार
खोज तलास
श्रीमती हराएपछि पाण्डेले दिल्ली पुलिससम्म आफ्नो उजुरी दिएका थिए तर सरकारी प्रशासनबाट कुनै सहयोग नभएको पिडितले बताए। साथै दिल्लीमा विभिन्न संघ संस्थामा पनि अनुरोध गरेको बताए । श्रीमतीको खोजि गर्दै जाँदा पाण्डेले जिल्ला प्रहरी कार्यालय गुल्मी तम्घासमा समेत निवेदन दिएका थिए। जसमा श्रीमतीको ब्रेन वास गरेर माइती पक्छले बेपत्ता पारेको उजुरी दिएका थिए।
पुलिस प्रशासनले दुवै पक्षलाई फेस टु फेस राखेर छलफल गरे तर कुनै निस्कर्ष निक्लिएन। प्रहरी प्रशासनका अनुसार माइती पक्षले बेपत्ता पारेको अथवा आफ्नो कब्जामा राखेको कुनै सत्य तथ्य नभएको भनेर कुनै एक्सन लिएन तर पाण्डेले आँफुसंग पर्याप्त कागजी सबूत भएर पनि प्रहरीले कुनै चासो नदिएको गुनासो गरे।
खोज तलासको कार्यलाई तीव्रगतिमा लैजानका लागि केही मिडियाको सामाजिक संजालमा पनि भिडियो हालियो। भिडियो भाईरल भयो तर सीता पाण्डेको कुनै अत्तो पत्तो लाग्न सकेन।
दामोदर पाण्डेको अनुरोध
उनी भन्छन् प्रदेशको कठिन वातावारणमा, भाडाको घर, तीन वर्षको दुधे बालक, छ वर्षकी स्कुलजाने छोरी र प्राइभेट ड्राइबरको जागिर जिन्दगी अत्यन्त कठिन भन्दा कठिन भईरहेको छ। काम छोडे बिहान बेलूकी छाक टार्ने कसरी रु अनि भाडाको घर कसरी दिने भाडा रु आठ घण्टा नानीहरुलाई कोठामा बन्द गरेर हिँड्नु या छिमेकीको भरमा छोडेर जानु मध्य शिवाय अर्को बिकल्प छैन।
प्रत्येक दिन श्रीमती फर्किने आशामा बितिरहेको छ तर निराशाका दिन हप्ता, महिना, वर्षमा परिवर्तन हुन लागे। कोही छैन यी दर्दनाक दिनहरूको जवाबदेही, सम्मानका साथ जतिबेला आए पनि स्वागत छ, श्रीमतीलाई घरमा।





