आत्मविश्वास साथ भन्छु अब प्रहरीले लगातार अपहरणकारी/हत्यारालाई ठाउका ठाउँ ईन्काउन्टर दिनु पर्छ


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

– रामकुमारी झाँक्री

घरमा बसेको बच्चालाई अपहरण गरी मार्नेलाई के अभिनन्दन गर्नुपर्थ्यो ? अबोध बालकका हत्याराको मानव अधिकार रे ? मानव अधिकारको आवरण भित्र के अपराध छुप्न सक्छ ? मेरो प्रश्न ?

समाजमा निर्दोश ब्यक्तिहरूको हत्या गर्ने, अपहरण गर्ने र पैसा असुल्ने अपराधिको पक्षमा बोल्ने हरूको नाममा कतै मैले गरेको कमेन्ट हो यो । हो न म चरीको मानव अधिकार थियो भन्ने मान्न सक्छु न त घैटेको वा मनोज पुनको नै । समाजका यस्ता अपरहणकारी, हत्यारा र अपराधिलाई बाच्ने सुबिधा दिनुपर्छ भन्ने लाग्दै लाग्दैन ।

म बढो आत्मविश्वास साथ भन्न सक्छुस अपहरणकारी र हत्यारालाई ठाउका ठाउँ ईन्काउन्टर दिनु पर्छ । कुरा कतै मोड़नु नै पर्दैन । किन की कुरा सिधा छ । आज हत्यारा अपहरणकारीको पक्षमा बोल्नु भनेको पनि अपराध नै हो । केहीले तर्क गर्छन की प्रमाण मासियो रे । अपराधशास्त्रको सामन्य सिद्धान्त अनुसार हेर्दा यो कुनै संगठित अपराध होईन, यिनका पछाडी संगठित गिरोह भएको अबस्था पनि होईन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामन्य गरीव पृष्ठभूमीको परिवारको बच्चा हुन निसान। उनका बाबुले मलेसियाबाट पैसा पठाएको थाहा पाएर निसानको आमासंग पैसा छ थोरै धेरै भन्ने जानेर नै त्यो पैसा आफ्नो हातमा पार्ने उदेश्य र अपराधिक मानसिकताले बच्चाको अपहरण गरेको देखिन्छ । सुरूमा थोरै धेरै पैसाको/फिरौती कै लागि अपहरण गरेका छन ।

तर बच्चाले अपरहणकारीलाई चिनेकोले भोली पैसा लिएर छोड्दा आफू फसिन्छ भनेर नै प्रमाण नास गर्न त्यो बच्चाको हत्या गरेका छन। त्यसैले उनिहरूलाई ईन्काउन्टर गर्नु सर्वथा ठिक हो । यदि यस पटक उनिहरू उम्केको भए अझ ठूला अपराधि भएर निस्कन्थे।पेसेवर हुन्थे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com