मधेसी मोर्चा पनि चुनावको तयारीमा


प्रकाशित मिति : मंसिर ४, २०७३ शनिबार

संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन् । २०७४ माघसम्म तीनै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम निर्वाचन घोषणाको तयारीमा सरकार रहेकाले मधेसी मोर्चाका नेताहरू पनि आन्दोलन छाडेर चुनावको तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमै गएर निर्वाचनको तयारी गर्न निर्देशन दिएको र निर्वाचन आयोगले पनि तोकिएको समयमा नै चुनाव गराउने भनेपछि चुनाव हुने ठहरका साथ मधेसवादी दलहरू चुनावको तयारीमा लागेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो लक्ष्य चुनाव गराउनु रहेको र त्यसअघि संविधान संशोधन गराउनमा ध्यान केन्द्रित गर्नुभएको छ । मधेसी मोर्चाका नेताहरूले सीमाङ्कनको विवाद नटुङ्गिएसम्म कुनै पनि चुनाव हुन नदिने चेतावनी दिइरहे पनि संवैधानिक बाध्यता नबुझेका छैनन् ।

संविधान कार्यान्वयनका लागि चुनाव आवश्यक रहेको भन्दै नेपाली काँग्रेस र एमालेले चुनावलाई लक्षित गर्दै तराई मधेसमा विभिन्न अभियान सञ्चालन गरिरहेकाले पनि मधेसी मोर्चामा आबद्ध दलहरू पनि घोषित अघोषित रूपमा चुनाव लक्षित गतिविधिमा लागेका छन् । जिल्ला जिल्लामा चुनावी तयारीको गतिविधि बढ्न थालेपछि मधेसवादी दलका नेताहरू पनि चुनावको तयारीमा जुटेको पार्टी सम्बद्ध स्रोतले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी लगायतले तराई मधेसमा विभिन्न अभियान सुरु गरिसकेका छन् । तमलोपा सदस्यता वितरण अभियान सुरु गर्दै तराई मधेसका गाउँगाउँ छिरेको छ भने सङ्घीय समाजवादी फोरम नेपालले पनि सदस्यता वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सद्भावना पार्टीले गाउँमा आफ्ना वर्गीय मञ्च गठन गर्ने अभियान नै सञ्चालन गरेको छ । पार्टीका विभिन्न केन्द्रीय, वर्गीय मञ्चहरूले गाउँगाउँमा गएर गाउँस्तरीय मञ्चहरू बनाउन थालेका छन् । तराई मधेस सद्भावना पार्टीले पनि गाउँगाउँ गएर सदस्य वितरण गर्ने, सङ्गठन बनाउने कामलाई तीव्रता दिएको छ । सो पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरूले उठाएको माग पूरा भयो भने चुनाव गराउनैपर्छ, त्यसैको तयारीमा लागेको बताए ।

उनले भने, ‘संविधान संशोधनका कुरा भइरहेको छ, हामीले भनेको जस्तो संशोधन भयो भने त्यसपछि चुनावमा जानुबाहेक अरू काम नै हुँदैन, त्यसैले सङ्गठन सदृढीकरण तथा सङ्गठन विस्तार आन्दोलन र चुनाव दुइटैमा काम लाग्छ ।’

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन्, ‘चुनावकै तयारी हो त नभनौँ, आन्दोलनको तयारी पनि हुनसक्छ तर माग पूरा भयो भने चुनावमा जानुपर्छ ।’ आफूहरू चुनावको विरोधी नभएको बताउँदै उनले स्थानीय निकायको चुनाव नभएको पनि धेरै भएको तथा संविधान कार्यान्वयनका लागि पनि चुनाव चाहिने भएकाले चुनावमा जानुको विकल्प नरहेको बताएका गोरखापत्रमा खबर छ । उनले त्यसअघि मधेसको माग सम्बोधन हुनुपर्ने अडान भने दोहोर्‍याए ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले चुनावको होइन, आन्दोलनको तयारी भइरहेको दाबी गरे । आफूहरूको माग पूरा भइनसकेको भन्दै झाले माग पूरा भएपछि मात्र चुनावमा जाने बताए । उनले चुनावमा जानका लागि मधेसको माग अनुसार संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com