‘संविधान कार्यान्वयनमा सहयोगी बन्नुस्’


प्रकाशित मिति : मंसिर २, २०७३ बिहीबार

दस वर्षअघि २०६३ साल मंसिर ५ गते विद्रोही माओवादीका तर्फबाट विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब संविधान कार्यान्वयनमा सहयोगी भूमिका खेल्न विदेशी कुटनीतिज्ञ र शान्ति प्रक्रियाका सहजकर्ताहरुलाई आग्रह गरेका छन् ।

अप्ठेरो समयमा अरु देशभन्दा मौलिक प्रकृतिको शान्ति सम्झौता नेपालमा भएको भन्दै उनले आफूलाई त्यसयता दुईपल्ट प्रधानमन्त्री बन्ने मौका आफूले पाएकोमा खुसी व्यक्त गरे । दाहालले शान्ति प्रक्रियाका केही काम अझै बाँकी रहेको बताए पनि ती काम के के हुन् भन्नेबारे केही चर्चा गरेनन् ।

नेपाल ट्रान्जिसन टु पिस् इन्स्टिच्युटले राजधानीमा बुधबार थालेको तीनदिने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै दाहालले मधेसी(थारु, जनजाति तथा मुस्लिमलगायतका माग सम्बोधन हुनेगरी केही दिनभित्रै संविधान संशोधन प्रस्ताव अघि बढाउने गरी अन्तिम तयारी भइरहेको समेत बताए ।

‘अरु देशमा त दलका नेताहरु एक आपसमा खटपट पर्‍यो भने बोल्दैनन् भन्ने सुनेको छु, तर यहाँ लड्दा–लड्दै वार्ता गर्ने इतिहास हामीले बनाएको हो,’ दाहालले भने, ‘गिरिजाप्रसाद कोइरालाजस्तो टावरिङ पर्सनालिटी नहुनु भएको भए हामी सहजै अघि बढ्न र एक अर्कालाई विश्वास गर्न सम्भव थिएन । गिरिजाबाबु नै भन्नुहुन्थ्यो– कांग्रेसभित्रै कतिपयलाई यो स्टेप मन परेको छैन । यो विषयलाई केन्द्रीय कार्यसमितिमा प्रवेश गराएँ भने म त फेलै हुन्छु ।’ दाहालले विश्वमा शान्ति प्रक्रिया कतै सुरु नै नभएको, जारी प्रक्रिया पनि बीचमै फेल भएको उदाहरण दिदै नेपालमा मौलिक ढंगले पार लगाएको दाबी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यो प्रक्रिया युरोप वा दक्षिण अमेरिकाको कुनै देशमा अघि बढेको हुदो हो त सिंगो विश्वभरि सम्मानित हुन जान्थ्यो होला, यसका पात्रहरु पुरस्कृत नै हुन्थे होला, नेपालजस्तो गरिब देशमा सफल हुदा कतिपय ठूला देशलाई अप्ठेरो लागेको पनि हुन सक्छ,’ उनले सम्मेलनमा उपस्थित कुटनीतिज्ञहरुतिर संकेत गर्दै थपे, ‘म यो मञ्च त्यस आग्रहका लागि पनि प्रयोग गर्न चाहन्छु ।’

कान्तिपुर दैनिकमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com