न्युयोर्कमा मनाइयो  ३६ औं बीपी स्मृति दिवस


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

-सोमनाथ हुँमागाई 
नेपाली जनसम्पर्क  समिति न्यूयार्क च्याप्टर अमेरिकाले  लोकतान्त्रिक समाजवादका प्रतिपादक जननायक बीपी. कोइरालाको स्वर्गारोहण भएको दिन श्रावण ६ गते पार्टीको निर्देशन बमोजिम ३६ औं  बीपी स्मृति दिवस एक छलफत तथा अन्तरकृया कार्यक्रमको आयोजना गरी मनाएको छ ।
प्रमुख अथिति काठमाण्डौं जिल्ला कार्यसमितिका पूर्व सचिव एवं महासमिति सदस्य राजुराज जोशीले बीपीले मुलुकको राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि अप्ठ्यारा परिस्थितिमा उठाएका सहि कदमको स्मरण गर्दै, बीपीको मेलमिलापको निति अझै उतिकै आवश्यक भएको कुरा बताएका थिए । विधान अनुरूप पार्टी संचालन गरेमा विवाद कम हुने कुरा बताउँदै,  प्रमुख अथिति जाशीले विधि र प्रकृयालाई सबैले पालना गर्नुपर्ने धारणा राखेका थिए ।
एक छुट्टै प्रसंगमा आउँदो सेप्टेम्बर महिनाको ८ तारीख शनिबारको दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर  अमेरिकाद्वारा सर्वोच्चनेता गणेशमानको जीवनमा आधारित
चलचित्र “बिर गणेशमान” गणेशमानको स्मृति दिवसको अवसरमा न्यूयोर्कमा पर्दशन गराउने र मेरिल्याण्डको बाल्टीमोरमा  ९ तारिख, टेक्सासको डलासमा  सेप्टेम्बर १५ तारिख र सानफ्रानसिस्को शहरमा सेप्टेम्बर १६ तारिख पर्दशन गर्ने र सो बखत काँग्रेस नेता प्रकाशमान सिंह पनि अमेरिका आउँनुहुने कुराको जानकारी गराएका  थिए ।
बिशेष अथिति लुम्बिनी विकासकोषका पूर्व सदस्य सचिव एवं नेपाली जनसम्पर्क समिति अमेरिकाको सल्लाहकार आंग दावा शेर्पाले काँग्रेसले अंगालेको सिद्धान्त र दर्शनको बारेमा चर्चा गर्दै, बीपीको दुरदर्शीताको बारेमा बोलेका थिए । मुहान सफा भएमा सबै सफा हुदै जाने बताउँदै, एउटा विधि र प्रकृयाबाट आएको निर्वाचित संगठनलाई , अधिवेशनद्वारा मात्र बिदाईगर्न सकिने स्पष्ट धारणा सलाहकार शेर्पाले  कार्यक्रममा राखेका थिए ।
अर्का अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले सातदशक अगाडि  बीपीले खनेका राजनीतिक आदर्शकोबाटोमा अहिले समग्र मुलुक र मुलुकमा भएका सबै राजनीतिक दल हिडिरहेको कुरा बताउँदै, देशका केही ठुला दलले हाल बाटो बिराउँन खोजेकाले काँग्रेसले जिम्मेवार भएर ति ठुला दलहरूलाई सही बाटोमा हिड्न सिकाउँनु पर्ने कुरा राखेका थिए ।
अहिले लोकतान्त्रिक संविधानको  मर्म र भावनालाई मिचेर गरेका अवैधानिक र असंवैधानिक निर्णय व्यवहार र सरकारी नितिलाई हेर्दा वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै, नेम्बाङले डा. गोविन्द केसीको माँग पूरागर्न लगायत अन्य सरकारी निरंकुशकदमको  बिरूद्दमा गरिएको शान्तिपूर्ण पर्दशनहरूमा सरकारले गरेको दमन र  निर्मम आक्रमणको घोर निन्दा र भर्त्सना गरेका थिए । साथै चिकित्सा शिक्षामा सुधारको मागराखि गरेको डा. केसीको आमरण अनशनलाई आफ्नो संगठनको पूर्ण समर्थन भएको कुरा राख्दै, महासचिव नेम्बाङले उनकोमाँग चाँडो पूरागरी डा.केसीको जीवन रक्षागर्न सरकारसँग जोडदारमाग समेत गरेका थिए ।
यसका साथै, बंगलादेशमा पढने नेपाली चेलीहरूप्रति सरकारको मन्त्री र व्यवसायी दुर्गा प्रसाईले दिएको अमर्यादित आपत्तिजनक अभिव्यक्ति अत्यन्तै निन्दनीय भएको बताउँदै महासचिव  नेम्बाङले नेपाली छोरीको अस्मीता र सामाजिक प्रतिष्ठामा नै आघातपुग्ने यस्ता गैरजिम्मेवार अभिव्यक्तिको संगठनले घोर निन्दा र भर्त्सना गर्दै मन्त्रीको बर्खास्त र प्रसाईलाई काननी कारवाहीकोमाग सरकारसंग गरेका थिए ।
एक छुट्टै प्रशंगमा संगठनका हितका खातिर आफुले जस्तो सुकै तिलान्जली दिन तयार भएको कुरा राख्दै, महासचिव  नेम्बाङले अब चाँडै सबैलाई मिलाएर अधिवेशन गराउँने वातावरण सृजना गरी संगठनलाई निकास दिने कुरा  राखेका थिए ।
कार्यक्रममा च्याप्टरका सदस्य अग्नि ढकालले बीपीका बारेमा गित गाएका थिए भने शारदा क्षेत्रीले कविता सुनाएका थिए । अन्य वक्ताहरूमा स्पोर्टका महासचिव संजीव श्रेष्ठ, अमेरिकाका बिद्यार्थी नेता प्रभात सापकोटा, बौद्धिक व्यक्तित्व एवं लेखक सुरेन सापकोटा, सकृय समाजसेवी सुर्य खड्का, पत्रकार बिष्णुसिंग बैजु,श्याम कार्की लगायतले  थिए । कार्यक्रममा, नेजसका केन्द्रीय सदस्य सुवास लामा, समाजसेवी दुर्गेश कार्की, च्याप्टरका उपसभापति अमर तामाङ, सचिव अनिल राज पाण्डे, सदस्य उमेश थापा, गणेश बिष्ट, विवेक पौडेल, नवराज भट्ट, समाजसेवी  सुजन रायमाझी, शिव वाँनिया, प्रवीण गौतम, काँग्रेसका सकृय गणेश रीजाल , जितेन्द्र ढकाल, सुजन खनाल लगायतको बाक्लो उपस्थिति रहेके थियो ।
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाको सभापति रोशन ढुगानाको अध्यक्षतामा स्थानीय थकाली किचन ज्याक्सन हाईट न्यूयोर्कमा भएको बीपीको ३६ औं स्मृति दिवसको  कार्यक्रमको संचालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका सदस्य वृन्दा राईले गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com