प्रस्तावित संविधान संशोधन मस्यौदा एमालेद्वारा अस्विकार


प्रकाशित मिति : कार्तिक ३०, २०७३ मंगलबार

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले अघि सारेको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेको भन्दै अस्वीकार गरेको छ । तराईबाट पहाड अलग गर्ने र अंगीकृत नागरिक पनि संवैधानिक पदमा योग्य हुने गरी सरकारले ल्याएको संविधान संशोधन मस्यौदा राष्ट्रघाती भएको ठहर गर्दै अस्वीकार गर्ने निष्कर्षमा एमाले पुगेको हो ।

सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सहमतिमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश–५ का पाँचवटा पहाडी जिल्ला तराईबाट अलग गरी सीमांकन हेरफेरको प्रस्तावसहित संशोधन मस्यौदा तयार पारेका छन् । प्रधानमन्त्री दाहालले नेपालमा दुई राष्ट्रियता छ भन्ने देखाउन यस्तो गम्भीर राष्ट्रघाती प्रस्ताव ल्याएको प्रमुख प्रतिपक्ष एमालेको निष्कर्ष छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले दाहाल सरकारले अघि बढाएको संविधान संशोधन मस्यौदामा गम्भीर राष्ट्रघाती प्रावधान रहेका कारण प्रस्तावअनुसार संविधान संशोधन हुनै नसक्ने बताए । ज्ञवालीका अनुसार संशोधन मस्यौदामा शान्ति प्रक्रियाकै बेला लामो बहस गरी टुंगो लगाइएको राष्ट्रियता र राष्ट्रको परिभाषाकै विषयमा प्रस्तावमा बखेडा झिक्ने काम गरिएको छ । उनका अनुसार शान्ति प्रक्रियाकै बेलामा वार्ता टोलीमा रहेको तत्कालीन माओवादी नेता देव गुरुङले नेपाल तराई र पहाड गरी दुई राष्ट्रियता रहेको तर्क गरेका थिए । उनको सोही अडानका कारण लामो समयसम्म वार्ता सफल हुन सकेको थिएन ।

वार्ता टोली संयोजक रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र सदस्य ज्ञवालीले लामो बहस गरी गुरुङलाई नेपालमा बहुराष्ट्रियता नरहेको र एक राष्ट्र हो भन्ने यथार्थ बुझाएका थिए । उनी सहमत भएपछि अन्तरिम संविधानमा राष्ट्रको विषयमा सोहीअनुसारको व्यवस्था गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानसभाबाट जारी संविधानले पनि सोही व्यवस्थालाई राखेको छ । तर, माओवादीले फेरि बहुराष्ट्रको नारालाई अघि सार्दै संविधान संशोधनको मस्यौदा ल्याएको ज्ञवालीले बताए । ज्ञवालीका अनुसार सरकारले अहिले ल्याएको संशोधन मस्यौदामा सहमतिका लागि प्रदेश–५ को पहाडी जिल्ला प्रदेश–४ र ६ मा मिलाउने भने पनि त्यसको उद्देश्य नेपाल बहुराष्ट्र हो भन्ने देखाउनकै लागि हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com