परोपकारी कामका लागि अमेरिकामा बस्ने नेपालीले खोले १० करोडको ‘सगुन फाउण्डेशन’


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना र सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगुनले सामाजिक तथा परोपकारी क्षेत्रमा काम गर्न १० करोड नेपाली अर्थात् १ मिलियन अमेरिकी डलरको ‘सगुन फाउण्डेशन’ स्थापना गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले ‘सगुन फाउण्डेशन’ स्थापनाको घोषणा गरेका हुन् ।

सगुन फाउण्डेशनका लागि सगुनले हाल एक मिलियन अमेरिकी डलर (१० करोड नेपाली रुपैया) बराबरको स्वामित्व शेयर छुट्याएको र आउँदा दिनहरुमा सगुनले गर्ने आम्दानीका आधारमा सो धनराशीमा वृद्धि गर्दै लगिने जनाइएको छ ।

सामाजिक सञ्जालको माध्यमबाट समाजमा सकारात्मक सामाजिकीकरण गराउन र सामाजिक सञ्जालमा समय बिताएअनुसार प्रयोगकर्ताहरुलाई आर्थिक प्रतिफल प्रदान गर्ने नयाँ र फरक सोचका साथ सगुनको स्थापना गरिएको गिरीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सगुनका यी मूल उद्देश्यमध्ये सकारात्मक सामाजिकीकरणको लागि मद्दत पुग्ने प्रकारका सामाजिक, मानवीय र परोपकारी कामहरु गर्न सगुन फाउण्डेशनको स्थापना गरिएको हो ।

‘सगनु फाउण्डेशनले सगुनको मातहतमा सञ्चालन हुने गैर नाफामुखी सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ । मुख्य आर्थिक सहयोग सगुनको रहने भएता पनि यो संस्था सामाजिक संस्था र अमेरिकी नियम कानून अन्तर्गत रही सञ्चालन हुने भएकोले यस फाउण्डेशनमा जो कोहिले पनिआर्थिक सहयोग तथा सेवा प्रदान गर्न सक्नेछन्’ गिरीले बताए ।

फाउण्डेशन स्थापनाको आधार र कारणबारे प्रष्ट्याउँदै गिरीले भने ‘सुरुका दिनदेखि सगुनलाई बजारमा ल्याइपुर्याउने दिनसम्म आफ्ना आफन्त तथा साथीभाइहरुले साथ र सहयोग गरे । तर जुन दिनदेखि सगुन बजारमा आयो, त्यही दिनदेखि नै समुदायले सगुनलाई आफ्नो ठानी हुर्काउने, बढाउने काम गर्यो ।’ सगुनलाई समाजले लगाएको गुनलाई धन्यवाद दिंदै उनले भने ‘सगुनले पनि आफ्नो क्षमताअनुसार समुदायलाई सहयोग गर्नु पर्छ भन्ने चाहनाअनुसार सगुनको सामाजिक सेवाका कामगर्ने गरि यो फाउण्डेशनको स्थापना गरिएको हो ।’

‘सबैका लागि सगुन र सगुनकालागि सबै’ बनाउनु सगुन र आफ्नो चाहना रहेको बताउदै गिरीले आउँदा दिनहरुमा सगुनलाई सगुन फाउण्डेशनलाई समेत समुदायले मायागर्दै साथ र सहयोग प्रदान गर्ने आशा व्यक्त गरे । कार्यक्रममा सगुनलाई आजको अवस्थासम्म ल्याइपु¥याउन सहयोग गर्ने सम्पूर्ण लगानीकर्ता, व्यक्ति, संघसंस्था, मिडिया हाउस, सहयोगी तथा शुभेच्छुकहरुलाई सगुन टिम र आफ्नो व्यक्तिगत तर्फबाट गिरीले धन्यवाद दिएका थिए ।

सोही कार्यक्रममा फाउण्डेशन स्थापनाको आवश्यकताका बारेमा सगुनका सह संस्थापक कविन्द्र सिटौलाले बताएका थिए । ‘सगुन स्थापना गर्दाको दिन देखि नै फाउण्डेशन स्थापनाको बारेमा सोच भइरहेको र नेपालमा गएको महाभूकम्पको समयमा फाउण्डेशनको आवश्यकता विशेष महशुस गरिएको थियो । यिनै आधारहरुमा रहेर अहिले आएर सगुन फाउण्डेशन स्थापना गरिएको हो ’ सिटौलाले भने ।

एक मिलियन अमेरिकी डलरको स्वामित्व शेयर सहित फाउण्डेशन स्थापना गरेकोमा सगुनलाई बधाइ दिंदै सामाजिक अभियान्ता तथा अर्थबिद् प्रेम संग्रौलाले ‘ठूला व्यवसायिक संस्थाहरु विशेष गरी आइटी क्षेत्रका व्यवसायिक संस्थाहरुले आफ्नो आम्दानीको निश्चित रकम सामाजिक काममा छुट्याएर फाउण्डेशनमार्फत सामाजिक काममा खर्च गर्ने गरेको पाइन्छ । तर सगुनले ती संस्थाहरु भन्दा एक कदम अघि बढेर स्टार्ट अप कम्पनीको अवस्थामा नै यस्तो खाले कार्यको थालनीले समुदायमा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ’ भने ।

कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर सत्र रहेको र सो अवसरमा पत्रकार तथा सहभागीहरुबाट सोधिएका प्रश्नहरुका जवाफ संस्थापक गिरी तथा सहसंस्थापक सिटौलाले दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com