सरकारमाथि आक्रमण गर्दैमा बिचलित हुदैनौं :प्रधानमन्त्री ओली


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुन थालेको भन्दै यसले आफुलाई बिचलित नगर्ने स्पष्ट पार्नुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको उद्घाटन गर्दे प्रधानमन्त्री ओली राष्ट्रनिर्माणको अभियानमा आफु अघि बढेको भन्दै कसैले सरकारमाथि आक्रमण गर्देमा आफु बिचलित नहुने बताउनुभएको हो ।

उहाले सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकास र समृद्धिमा केन्द्रित रहेको जिकिर गर्नुभयो । आफुले बिकासका कुरा गर्दा केहिलाई असहज भएको बन्दै प्रधानमन्त्री ओलीले मुलुकको बिकासका लागी आफु प्रतिवद्ध भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले तुइनको ठाउँमा झोलुङ्गे पुल वा त्यो नभए केवलकार राखेर भए पनि तुइन ईराको अन्त्य गरेरै छाड्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाले केहि प्रागिक वर्ग राजनीतिक आस्थाको कैदी भएर राष्ट्रको उदेश्यको बाधक बनेको आरोप लगाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको सस्कृतिलाई आत्मसाथ गर्दे नेपाल भारत चीनसंगको सम्बन्ध बिस्तार गर्दे प्राज्ञिक महत्वका बिषयका कार्यक्रम गर्दे जाने बताउनुभयो ।

पुस्तकालय भवन निर्माणका लागी भारत सरकारले नेपाल सरकारलाई चार करोड ३९ लाख ४० हजार रुपैयाँ सहयोग गरेको थियो । नवनिर्मित पुस्तकालयबाट नेपाल र भारत प्राज्ञिक समुदाय तथा अनुसन्धानकर्ताहरुलाई सन्दर्भ सामाग्रीसहितका अनुसन्धान सामाग्रीहरु उपलब्ध गराउने बताइएको छ ।

पुस्तकालयमा पुस्तक प्रकाशनका लागि आधुनिक अफसेट प्रेससमेत राखिएको छ । पुस्तकालयलाई डिजिटल पुस्तकालयका रुपमा अगाडि बढाउने लक्ष्य प्रतिष्ठानले लिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com