असहायलाई पाल्दै आएकी श्रीनेहा भन्छिन् – ‘सहयोग माग्न जाँदा भित्री वस्त्रको नम्बर मागे’


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

नेपालमा सामाजिक संस्थाहरुको संख्या बढ्दै गएपनि समाजमा विभिन्न पक्षमा पीडा भोग्नेहरु पनि उत्तिकै छन् । जसले गर्दा आफ्नो विशेष कार्यक्षेत्र तोकेर संघसंस्थाहरुले आफ्नो कामलाई अगाडी बढाइरहेका छन्।

सडकमा एक्लै भौतारिरहेका महिलाहरुलाई पुनर्स्थापना गर्ने उद्देश्यको साथ स्थापना भएको नेपाल स्नेही काखले अहिले प्रभावकारी ढंगबाट आफ्नो काम अगाडी बढाइरहेको छ।

सिमित स्रोतसाधनका कारण थोरै व्यक्तिलाई उद्धार गरेर सुरु गरिएको संस्था अहिले ठूलो परिवार बनिसकेको छ। जसले गर्दा बस्ने ठाउँहरुको पनि निर्माण कार्य भैरहेको छ।

संस्थाकी संचालक श्रीनेहा पोखरेलले संस्थालाई यहाँ सम्म ल्याइपुर्याउन आफूले निकै तनाव झेलेको बताएकी छिन्। उनले सहयोग माग्न जाँदा, सहयोग गर्छु भन्ने व्यक्तिले आफ्नो भित्रि वस्त्रको नम्बर मागेको, त्यसैले प्रतिष्ठित भनिने व्यक्तिहरुले शारीरिक सामिप्यता मागेको जस्ता अनुभवहरु बांडेकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com