प्रहरी हेडक्वाटर र नेपालका कारागारहरुमा ‘कम्पन’


प्रकाशित मिति : असार १७, २०७५ आईतबार

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पन प्रहरी प्रधान कार्यालय र नेपालका विभिन्न जिल्लाका कारगारका पुस्तकालयहरुमा उपहारस्वरुप प्रदान गरिएको छ । आज प्रहरी प्रधान कार्यालयमा खसोखासका सम्पादक अरुणा रायमाझी र अनलाइन सम्पादक बिक्रम खत्रीले प्रहरी प्रबक्ता शैलेस थापालाई पुस्तकका प्रतिहरु हस्तान्तरण गर्नुभएको हो ।

कुनै पनि बिपतका बेलामा प्रहरीले त्यसको सामना कसरी गर्न सक्छ भन्ने सन्देश समेटिएको पुस्तकमा बिपत व्यवस्थापनको जीवन्त बर्णन गरिएकाले त्यसबाट सिक्न सकिने कुराहरु धेरै भएकाले यो पुस्तक प्रहरी मुख्यालयमा उपहार स्वरुप दिइएको हो । साथै पुस्तक भित्रको जीवन दर्शन, मानवीयता, सहयोग र एकअर्काबीचको प्रेमले कैदी बन्दीहरुलाई पनि रुपान्तरण गर्न मद्दत पुग्ने आशाका साथ पुस्तक उपहार दिइएको हो ।

पुस्तकका यी प्रतिहरु अमेरिका निवासी खगेन्द्र जीसी (१०० प्रति), लोक तिवारी (१०० प्रति), केशव सेडाई (१०० प्रति), आनन्द बिष्ट (२० प्रति), ऋषी ढकाल (२० प्रति), श्री पराजुली (१५ प्रति), डाक्टर विनोद शाह (१० प्रति) र अर्जुन खड्का (१० प्रति )ले उपहार स्वरुप प्रदान गर्नुभएको हो । यी पुस्तकहरु यसै साता विभिन्न कारागारका पुस्तकालयहरुमा पुर्याइने प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिनुभएको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com