न्युयोर्क राज्यमा ड्राइभर लाइसेन्स फारम अब नेपालीमा भर्न पाइने


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

– यादब बास्तोला

न्युयोर्क राज्यमा अब ड्राइभर लाइसेन्स फारम नेपाली भाषामा भर्न पाइने भएको छ । मोटर वाहन विभाग डीएमभी न्युयोर्कले ड्राइभर लाइसेन्सका लागि भरिने फारम नेपाली भाषामा उपलब्ध गराउन थालेको जानकारी सिटी काउन्सिल मेम्बर कोस्टालाई गराएको उनका सम्पर्क संयोजक जोय चौधरीले जानकारी दिए । सिकारु अनुमतिपत्र, चालक अनुमतिपत्र र गैरचालक परिचयपत्रका आवेदन फारम नेपालीमा भाषामा उपलब्ध गराइएको छ ।

आवेदन फारम डीएमभीको वेवसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै सवारी साधान चालक अनुमतिपत्रका लागि लिइने परीक्षा समेत नेपाली भाषामा उपलब्ध गराउनका लागि प्रकृया चलिरहेको र परीक्षा समेत निकट भविश्यमा नेपाली भाषामा उपलब्ध हुने जनाइएको छ ।

डीएमभीमा नेपाली भाषाको व्यवस्था गर्न लामो समयदेखि प्रयास भइरहेको थियो । न्युयोर्क डिस्ट्रक्ट ३८ का एसेम्बली मेम्बर माइकल मिलरले त्यसबारेको बिल अल्बानीमा प्रस्तुत गर्नुभएको थियो भने डिस्ट्रिक्ट २२ का काउन्सिलम्यान कोस्टा कोन्स्टान्टिनिडेस लगायत डिस्ट्रिक्ट ३० का एसेम्बली सदस्य ब्रायन बर्नेबेल, डिस्ट्रिक्ट ३७ का एसेम्बली म्यान क्याथरिन नोलनले बिल पारित गराउन सिटी काउन्सिल र गर्भनर कार्यालयमा ठूलो भूमिका खेल्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क मोटर वाहन विभाग डीएमभीले नेपाली समुदायसँग संलग्न भई यस विषयलाई उक्त विभागसमक्ष उठान गरेकोमा काउन्सिलम्यान कोस्टालाई विशेष धन्यवाद समेत दिएको छ । काउन्सिलम्यान कोस्टा आप्रवासी समुदायको हक अधिकारको पक्षमा वकालत गर्ने डेमोक्रेटिक नेताका रुपमा चिनिनुहुन्छ । उहाँले डिस्ट्रिक्ट २२ अन्तरगत अष्टोरिया, ज्याक्सनहाइटका केही भाग, उडसाइड र इस्ट एल्महस्र्टको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले एल्महस्र्ट अस्पतालमा नेपाली भाषाको व्यववस्थाका लागि औपचारिक रुपमा पहल गर्नुभएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com