लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापनामा अन्तर्राष्ट्रिय पुर्व अध्यक्षको उपस्थिति 


प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

– विजय थापा

डिसी महानगर क्षेत्रको बाल्टिमोरमा नेपाली समुदायको बिशेष पहलमा लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापना भएको छ । विश्व कै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लवमा बैकुन्ठ मान श्रेष्ठको नेतृत्वमा भब्य कार्यक्रमका बीच विधिवत स्थापना भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका अवैतनिक महा वाणिज्यदुत प्रेमराजा महत रहेका थिए। यसको यसको साथै लायन्स क्लव २२ ए का गभर्नर चक एगेंदर ,सचिव मालें मरूची ,निवर्तमान गभर्नर लारी बटंन ,लायन्स क्लव अन्तर्राष्ट्रियका पुर्व अध्यक्ष क्लेम पुस्पक ,अन्तर्राष्ट्रिय निर्देशक सन्जय खेतान , रिचर्ड लेबोटो ,लायन्स क्लव अफ ऐबर्डीनका अध्यक्ष विजोय मोहंतको उपस्थितिमा नया कार्यकारी समितिको गठन भएको छ ।

उक्त क्लबको सबै भन्दा पहिलो सदस्य महा वाणिज्यदुत प्रेमराजा महतले लिएका छन्। डिसी महानगर क्षेत्रका बिशेष महत्वपूर्ण व्यक्तिहरुमा बानाका वर्तमान अध्यक्ष कुलमणि आचार्य ,सुवोध विलास पन्त ,बानाका पुर्व अध्यक्षहरू बिजय श्रेष्ठ ,क्रिस घिमिरे ,प्रवासी नेपालि मन्चका महासचिव प्रभु थापा ,गैरआवासीय नेपाली संघ मेरिल्यान्डका अध्यक्ष जेदु पोख्रेल ,नाशोका अध्यक्ष गोपाल विक तथा पुर्व अध्यक्ष धर्म बिश्वकर्मा समेत यसका सदस्य रहेका छन् ।

कार्यक्रममा न्युयोर्कका लायन लिडर मंगल दास श्रेष्ठ लगायतको उपस्थिति भएको भेलाले लायन्स कल्व अफ बाल्टिमोर नेप्लिज गठन गरेको छ। नया कार्यकारी समितिको अध्यक्षमा बैकुन्ठ मान श्रेष्ठ ,प्रथम उपाध्यक्षमा बासव राजोपाध्याय, द्वितीय उपाध्यक्षमा पर्ल रेग्मी तथा सचिवमा विजय श्रेष्ठ रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै गरि कोषाध्यक्षमा सुनिता आचार्य ,सदस्य प्रमुखमा प्रभु थापा , टेमरमा कृष्णाजिवि पन्त ,टेलटुईसरमा सुबोध विलास पन्त तथा निर्देशकहरुमा भाग्यवति जि सि ,पुनम श्रेष्ठ ,डा डिल्ली पौड्यल ,रतन सुवेदी ,सुशान्त मान्नधर सहित १३ सदस्यीय संचालक समिति गठन भएको छ ।

lion 1 lion 2 lion 4 lion 5

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com