एबीसी टेलिभिजनलाई प्रधानमन्त्री ओलीको एस्क्लुसिभ अन्तर्वार्ता – ‘भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो’


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

प्रधानमन्त्री के.पि शर्मा ओली यतिबेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले सुरुदेखि नै विकास र समृद्धिको लागि सघाउन चिनिया लगानीकर्ताहरुलाई आग्रह गरे । चिनिया राष्ट्रपति सि जिनपिङले बेल्ट एण्ड रोड इनिसियटिभको अवधारणाअन्तर्गत रहेर नेपालको विकासमा सघाउने प्रतिवद्धता जनाए । सोही प्रतिवद्धताको प्रतिबिम्ब बिहीबार नेपाल र चीनबीच भएको १० बुँदे सहमति र ४ बुँदे ‘लेटर अफ इन्टेन्ट’मा प्रष्ट देखियो ।

बेइजिङमा प्रफुल्ल मन बनाएर ल्हासा फर्किदै गर्दा चीनको सिचुवानस्थित छेन्दु अन्तराष्ट्रिय विमानस्थलमा एकघण्टा ट्रान्जिट पर्यो । सोही समयको सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलको अति विशिष्ठ कक्षमा एबीसी टेलिभिजनलाई एस्क्लुसिभ अन्तर्वाता दिए ।

एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग ओलीले नेपालका विशाल दुई छिमेकी मुलुक दुई ठुला देशको सहयोगबाट नेपालको विकास गर्ने वातावरण बनेको दाबी गरे । ओलीले नेपाल र चीनको सम्बन्धमा थप नयाँ आयाम थपेको बताए । नेपालले दुवै ठुला देशको सहयोग र सहकार्यमा नेपालको विकास गर्ने वातावरण सृजना गर्न लाग्न आवश्यक रहेको तर्क गरे ।

नेपाल र चीनबीचको सम्बन्ध मात्र नभई अन्य देशसंगको सम्बन्ध अनि भविष्यलाई पनि ख्याल गर्दै दुइपक्षिय रुपमा सहयोग र सहकार्य गर्नुपर्ने बताए । पछिल्लो समय सृजना भएका केहि शंका तथा अन्योलताहरुको पनि अन्त्य भइ नया युगको सुरु भएको प्रधानमन्त्री ओलीको दावी छ । आफ्नो भ्रमणबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘२०१६ मा राम्रै थियो अहिले त निकै राम्रो भयो ।’

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लि खछ्याङ र चीनीया जनकंग्रेका अध्यक्ष लि झाङसु आफ्नो अनुकुल समय मिलाएर नेपाल भ्रमणमा आउने पनि दाबी गरे ।

यसपटकको भ्रमणबाट नेपालप्रति चिनिया नेतृत्व धेरै सकारात्मक बनेको छ । चीन भ्रमणबाट ओलीले पनि सकारात्मक सन्देश दिन खोजेका छन् । भ्रमणका क्रममा गरिएका सहमतिले नेपालको विकास र समृद्धिमा चीनको सहयोग, समर्थन रहने प्रष्ट देखिएको छ । भ्रमणको मुख्य सफलता चिनिया रेल केरुङको बाटो हुंदै काठमाडौं आउने विश्वास जनतामा जगाउन सक्नु हो । प्रधानमन्त्री ओली भन्छन्, केरुङबाट काठमाडौं रेल आउंछ । पूर्व पश्चिम रेल, रक्सौल काठमाडौं रेल समेत ५ वर्षभित्र बन्छ । काठमाडौंमा ४ वर्षभित्र मोनो रेल समेत चल्छ ।

साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई आम नेपाली जनताले मात्र होइन, अन्तराष्ट्रिय समुदायले पनि निकै चासोका साथ हेरेका छन् । दक्षिणी छिमेकी भारतले शंकाको नजरले हेरिरहेको छ । तर, नेपालसंग सदैव मित्रवत् व्यवहार गरिरहेको चीनले नेपालको विकास र समृद्धिका लागि मात्र सहयोग गर्नेमा विश्वास गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com