आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिन्छौँ: ट्रम्प


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

बालबालिकाहरूलाई अलग गरिदिएकोमा चर्को आक्रोशहरू व्यक्त भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिने आदेशमा हस्ताक्षर गर्ने बताएका छन्।

दर्ता नगरिएका आप्रवासीका बालबालिकाहरूलाई आमाबुवाबाट छुट्याउने अमेरिकी कदमको अन्तर्राष्ट्रिय रूपमैँ आलोचना भएको थियो।

बच्चाहरूका तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन्।

अब त्यस्तो नीतिलाई उल्ट्याउने आदेशमा बुधवार हस्ताक्षर गरेपछि ट्रम्पले परिवारहरूलाई एकै ठाउँमा राखिने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘गम्भीर
उनको आदेश कहिलेबाट कार्यान्वयन हुने हो त्यो प्रस्ट भइसकेको छैन।

तर ट्रम्प आप्रवासीहरूको भिड रोक्ने विषयमा आफू गम्भीर भएको बताए।

हामी परिवारहरूलाई साथै राख्न चाहन्छौँ। तर हामी हाम्रो सीमा पनि बलियो बनाउन चाहन्छौँ। होइन भने अहिलेको जस्तो हजारौँको संख्यामा होइन दशौँ लाखको संख्यामा आप्रवासीहरू अमेरिका आउनेछन् र अमेरिका उनीहरूले भरिनेछ
डोनल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति


कडा नियम नल्याएइमा दशौँ लाख आप्रवासीहरू अमेरिका आउनसक्ने र अमेरिका आप्रवासीले भरिने ट्रम्पले बताए।

उनले परिवारहरू साथै रहन दिइने तर आफ्नो देशको सीमा पनि बलियो बनाइने बताए।

सिमाना
उनले भने, “हामी परिवारहरूलाई साथै राख्न चाहन्छौँ। तर हामी हाम्रो सीमा पनि बलियो बनाउन चाहन्छौँ। होइन भने अहिलेको जस्तो हजारौँको संख्यामा होइन दशौँ लाखको संख्यामा आप्रवासीहरू अमेरिका आउनेछन् र अमेरिका उनीहरूले भरिनेछ। हामी दयालु हुन चाहन्छौँ। तर आफ्नो सिमाना पनि बलियो राख्न चाहन्छौँ।”

आप्रवासीका बालबालिकालाई आमाबुवाबाट छुट्याइएका तस्बिरहरूलाई लिएर अमेरिकको तीव्र आलोचना भइरहँदा ट्रम्पको पछिल्लो घोषणा आएको हो।

अमेरिकी संसद्को प्रतिनिधि सभामा बिहीवार आप्रवासी बालबालिकालाई आमाबुवाबाट छुट्याउन नपाइने र आप्रवासीका अन्य मुद्दा समेटिएका दुई विधेयकमा मतदान हुनेछ।

यसैबीच ६ वटा अमेरिकी वायुसेवाहरूले आफ्ना आमाबुवाबाट अलग गरिएका बालबालिका ओसारपसार गर्न आफ्ना विमानहरूको प्रयोग नगर्न ट्रम्प प्रशासनलाई अनुरोध गरेका छन्।

एलास्का, अमेरिकन, डेल्टा, फ्रन्टियर, साउथवेस्ट र युनाइनेट एअरलाइन्सले भनेका छन् ट्रम्पको नीति उनीहरूको मूल्य मान्यताभन्दा फरक छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com