पप गीतको भिडियोमा मोडल सुमित


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

दुईवटा लोक र दुईवटा आधुनिक गितमा अभिनय गरिसकेका मोडल सुमित थापा पप गीतको भिडियोमा देखिएका छन् । गायक रसिक खत्रीको पप गीतको भिडियोमा सुमितले मेरिका राईसँगै अभिनय गरेका हुन् ।

मि स्टुडियोले निर्माण गरेको अहिलेको गीत पोखेको छु चाम शिरिषले प्रस्तुत गरेका हुन् । महेश बोहरा र विजय राईले खिचेको भिडियोमा श्रृंगार ज्याज मी राईले गरेका हुन् । गीतको प्रोडक्सन म्यानेजर समी गुरुङ, प्रोडक्सन डिजाइन अन्जु लामा, सम्पादन र निर्देशन रोमियो गुरुङले गरेका छन् ।

यसअघि सुमितले राजु बरालको स्वर रहेको तिमिबिना र प्रमोद खरेलको स्वर रहेको धोकेबाजमा अभिनय गरेका थिए । त्यस्तै उनले पछ्यौरीको तातो र लाम न माया बेला र बैंशमा बोलका लोक गीतमा अभिनय गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com