ठोरी गाउँपालिकामा महिला हिंसा विरुद्ध तालिम


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

पर्सा जिल्लाको विकट गाउँ ठोरी गाउँपालिकाका महिलाहरुलाई महिला हिंसा विरुद्ध तालिम दिइएको छ ।

तीन दिने अभिमुखिकरण तालिममा महिला हिंसा भनेको के हो ? हिंसा भएमा कहाँ उजुरी गर्ने ? बलात्कारको उजुरी कहाँ गर्ने ? महिला सशक्तिकरण भनेको के हो ? शिर्षकमा तालिम दिइएको ठोरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बईबहादुर पाख्रिनले जानकारी दिए ।

ठोरी गाउँपालिकाको सहयोगमा आयोजित तालिमको सहजिकरण गर्दै अधिकारकर्मी साबित्री सुवेदीले हिंसा गर्ने भन्दा हिंसा सहने व्यक्ति दोषी हुने भएकाले हिंसा विरुद्ध सशक्त आवाज उठाउन महिलाहरुलाई ढाडस दिइन् ।

तालिममा ३७ जना महिलाहरुको उपस्थिति रहेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com