विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा बेपत्ता
प्रकाशित मिति : असार १, २०७५ शुक्रबार
खोलाले बगाएर बीचमा अड्किएको राईको मोटरसाइकल निकाल्ने प्रयास गर्दै प्रहरी । तस्बिरः सीताराम गुरागाईँ
अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ । राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे ।
यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । मेची राजमार्गको फुङलिङ–सुकेटार खण्डका विभित्र ठाउँमा पहिरो गएको छ ।





