उद्घाटन खेलमा रूस ५-० ले विजयी


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

रुसमा एउटा भव्य समारोहबीच सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो।

रूसले साउदी अरेबियाको शून्य विरुद्ध पांच गोलले जीत हासिल गर्यो।

उद्घाटन समारोह र खेल हेर्न मस्कोस्थित लुज्निकी रंगशालामा हजारौं मानिस उपस्थित भएका थिए।

आयोजना

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसले अर्बौं डलरको लागतमा विश्वकपको आयोजना गरिरहेको छ।

यसपटक साबिक विजेता जर्मनीले उपाधि कायम राख्ने आशा गरेको छ भने ब्रजिल छैठौं पटक उपाधि कब्जा गर्ने दाउमा छ
तीव्र रुपमा एक्लिरहेको उक्त मुलुकका लागि यो खेललाई अन्तर्राष्ट्रिय ध्यान तान्ने मौकाको रुपमा पनि हेरिएको छ।

कतिपय आलोचकले विश्वकप फुटबल राष्ट्रपति भ्लादिमिर पुटिनका लागि आफ्नै प्रशंसामा रम्ने योजना भएको टिप्पणी गरेका छन्।

उक्त समारोहलाई लिएर पुटिन पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा देखा परेका छन्।

विश्वकपमा सुरक्षा र केही रुसी समर्थकहरुको नश्लवादी व्यवहारबारे पनि चासो देखिएको छ।

अपेक्षा

तर आउँदो साता विश्वभरबाट पाँच लाख समर्थकहरु रुस पुग्ने अपेक्षा गरिएको छ।

ठूला ठूला टेलिभिजन स्क्रीन राखिएका स्थलहरूमा पनि फुटबलप्रेमीहरूको ठूलो भीड देखिन्छ।

यसपटक साबिक विजेता जर्मनीले उपाधि कायम राख्ने आशा गरेको छ भने ब्रजिल छैठौं पटक उपाधि कब्जा गर्ने दाउमा छ।

तर अन्य कतिपय मुलुक यसपटक बलियो स्थितिमा रहेकाले उनीहरूले कडा चुनौतीको सामना गर्नुपर्ने विश्लेषणहरू गरिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com