राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’
प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार
bgf{nnfO{ afn;+j]nzLn kqsfl/tf k’/:sf/ dlxnf, afnjflnsf tyf Ho]i7 gful/sdGqL yddfof yfkf sf7df8f}Fdf laxLaf/ cfof]lht ;df/f]xdf kqsf/ ;’zLn bgf{nnfO{ o; jif{sf] …afn;+j]nzLn /fli6«o kqsfl/tf k’/:sf/Ú k|bfg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;
पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यहाँ आज आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरिन् । पत्रकार दर्नाल विगत नौ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध रहेका छन् ।
पुरस्कार छनोटका लागि गठित छनोट समितिले बालबालिका सम्बन्धी सामग्रीको प्रस्तुति, भाषा, विषयवस्तु छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई आधार बनाएर मूल्याङ्कन गरी छापामाध्यमतर्फ राष्ट्रिय समाचार समितिमा (रासस) कर्मी दर्नाल (रासस–उपत्यका) लाई छनोट गरी सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गरिएको सो पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
त्यसैगरी पुरस्कार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा–मोफसल, सिन्धुली), छापामाध्यमतर्फ निमेन्द्र शाही (राजधानी दैनिक–मोफसल, बाजुरा)लाई प्रदान गरिएको छ ।
टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समूह–उपत्यका) र अमृता अनमोल (कान्तिपुर मिडिया–मोफसल, रुपन्देही) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समूह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
त्यसैगरी यो वर्षको ‘साहसिक पत्रकार महिला पुरस्कार’ सगरमाथा आरोही राससकर्मी रोशा बस्नेत र पत्रकारहरु प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोल्मा शेर्पा, पूर्णिमा श्रेष्ठ र देउराली चाम्लिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एकमुस्ट रु एक लाख २० हजार रहेको छ ।
सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजमा पछाडि पारिएका समुदायको विषयमा प्राथमिकताका साथ आमसञ्चारमाध्यममा प्रकाशन/प्रसारण गर्नुपर्नेमा जोड दिइन् । मन्त्री थापाले भनिन्, ‘समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकलगायत समाजका कमजोर वर्गका बारेमा कलम चलाउनु आजको आवश्यकता हो ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारितालगायतका विषयलाई प्राथमिकतामा राखेर निष्पक्षरुपमा पुरस्कारको छनोट गरिएको बताए । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले निरन्तररुपमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा कमल चलाउने पत्रकारहरुलाई परस्कारका लागि छनोट गरिएको जानकारी दिए ।





