सन् २०२० सम्म परमाणु हतियार समाप्त गर, उत्तर कोरियाः अमेरिका


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

उत्तर कोरियाले अबको साढे दुई वर्षभित्र परमाणु निश्शस्त्रीकरण गरेर देखाओस् भन्ने अमेरिकाले इच्छा व्यक्त गरेको छ ।

दक्षिण कोरियाको यात्रामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग ‘एक गहन सम्झौतामाथि काम हुन अझै बाँकी’ भएको बताएका छन् ।

उनले भने, ‘अत्यधिक मात्रामा निश्शस्त्रीकरण । हामीलाई आशा छ कि यो लक्ष्यलाई साढे दुई वर्षमा हाँसिल गर्न सकिनेछ ।’

अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको ऐतिहासिक भेटवार्ताको एक दिन पछि आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुबै नेताले वान टु वान वार्ताको क्रममा ‘कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा परमाणु हतियारमुक्त गर्ने दिशामा अघि बढ्ने’ विषयमा सहमती गरेका छन् ।

तर उक्त सम्झौतामा उत्तर कोरियाले कहिले र कसरी आफ्नो हतियार छोड्ने भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन । यसै कारण सम्झौताको आलोचना भइरहेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणु खतरा नभएको र ‘हरेक व्यक्तिले अब अत्यधिक सुरक्षित महसुस गर्नसक्ने’ बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com