प्रणवको कामना- संविधानको सफल कार्यान्वयन होस्


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

नेपाल भ्रमणमारहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारतले सदैव नेपालको राजनीतिक स्थायित्व, शान्ति र समुन्नतिका लागि अगाडि बढेको देख्न चाहेको बताएका छन् । उनले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको अवस्थामा भारतले आफ्ना अनुभवहरूद्वारा नेपालमा बहुदलीय लोकतन्त्रको सुदृढीकरण, सामाजिक, आर्थिक विकास र लोकतन्त्र संस्थागत गर्न सहयोग गर्न सक्ने पनि बताए ।

नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्पोरेरी स्टडिज र इन्डिया फाउन्डेसन नयाँ दिल्लीले काठमाडौँमा आयोजना गरेको दुईदिने नेपाल भारतबीच नयाँ आयामको खोज विषयक गोष्ठी समापनका अवसरमा बिहीबार यस्तो बताएका हुन् ।

राष्ट्रपति मुखर्जीले विभिन्न भूमिकामा आफू यसअघि पनि पटकपटक नेपाल आएको स्मरण गर्दै विगतको तुलनामा नेपालमा राजनीतिक परिवर्तन, नयाँ संविधान, विकासका दृष्टिकोण अगाडि बढेको चर्चा गरे ।उनले नेपालले हासिल गरेको उपलब्धिलाई स्वागत गर्दै समाजका सबै पक्षलाई समेटेर त्यसको सफल कार्यान्वयनमा अगाडि बढोस् भन्ने कामना पनि गरे ।

उनले दुई देशबीच रहँदै आएको खुला सिमानाको दुरुपयोग हुन नदिई दुवै मुलुकको साझा हितको लागि प्रभावकारी रूपमा उपयोग गरिनुपर्ने धारणा पनि व्यक्त गरे । उनले दुवै मुलुकले आ–आफ्ना देशका निजी क्षेत्रलाई सेवा र उत्पादनको क्षेत्रमा एक अर्का मुलुकमा लगानी बढाउन प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com