फेरि आउँदै सिंहदरबार


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

सर्च फर कमन ग्राउण्ड नेपालले टेलि श्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन छिट्टै नै प्रस्तुत गर्दैछ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई नुमाफुङ चलचित्रबाट प्रसिद्धि कमाएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । यसको निर्माण साझेदार शुभ मिडिया होम हो । लोकप्रिय अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्न सकिनेछ । आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिबद्ध नेतृ हुन् जसले नयाँ संविधानलाई लागू गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्नु र संघीय संरचनामा नागरिक र सरकारको सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो ।

“प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन्, र यसपाली उनी गठबन्धन सरकारको नेतृत्व गर्दैछिन्”, अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शैलीमा भनिन् । आफ्नो भूमिकाकाबारे अझ प्रष्ट्याउँदै उनी भन्छिन्, “सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु, र त्यो पनि देश साँच्चिकै वृहत् राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा । निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताहरूका लागि स’शासनको रोडम्यापका रूपमा कार्य गर्नेछ ।” यो दोस्रो श्रृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरूलाई दर्शकसामू ल्याउनेछ र चुनौतिको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक सँस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहहरूलाई उजागर गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्चले गरेको पछिल्लो सर्वेक्षणका अनुसार ७० लाख दर्शकले सिंहदरबारको पहिलो श्रृंखला हेरेका छन् र ८६ % भन्दा धेरैले पहिलो श्रृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएका छन् । १३ भागको श्रृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्बित गर्दछ र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतिहरूलाई केलाउने प्रयत्न गर्नेछ । यो श्रृंखलाले संघीयता, असल शासन, नागरिकको मौलिक हक, समावेशीकरण तथा लैङ्गिक अल्पसंख्यकहरूका अधिकार जस्ता महत्वपूर्ण मुद्दाहरूलाई पनि अगाडि सार्नेछ ।

अमेरिकी सहयोग नियोग ९युएसएड०को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड  नेपालले उत्पादन गरेको यो टेलि श्रृंखला यही असारको अन्तीम साता प्रसारण गर्ने लक्ष राखिएको छ । श्रृंखलाको दोस्रो सिजनमा कलाकारहरू गौरी मल्ल, रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिने कार्यक्रम विकास तथा सञ्चार कार्यक्रम विकास तथा सञ्चार वरिष्ठ संयोजक आयुष जोशीले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com