गाडी गुडेको देख्न पाऊँ भन्दै दशरथको आमरण अनशन


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

तस्विर: राजधानीबाट

तीन दिन भयो ७८ बर्षीय दशरथ सिंह आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् ।

अनशन किन ? उनको उत्तर छ, सडकमा गाडी गुडेको देख्न पाऊँ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा गर्दै चढेको मोटेर देख्ने रहर छ । उनी सोमबारदेखि सरकारसँग सडक सुविधाको माग गर्दै अनशन बसेका छन् ।

मंगलबार सडकले बजेट ल्यायो तर उनको गाउँमा मोटर पुग्ने घोषणा गरेन । दशरथचन्द्र नगरपालिका–१ का सिंह भन्छन्, ‘सडकको सर्भे भयो तर मोटर गुड्ने चाँजोपाँजो मिलेन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com